काठमाडौं – राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा सुविधासहितको नयाँ टिकट काउन्टर निर्माण भएको छ । अस्पतालले बुधबारदेखि नयाँ काउन्टरबाटै बिरामीलाई सेवा दिन सुरु गरेको छ ।पुरानो टिकट काउन्टर साँघुरो भएकाले बिरामीको पाकेट मार्ने, साँघुरो भएकाले उठेर घण्टौं पालो पर्खिनुपर्ने जस्ता समस्या भएकाले नयाँ टिकट काउन्टर निर्माण गरेको अस्पतालले जनाएको छ ।
नयाँ काउन्टर निर्माणका लागि पूर्वस्वास्थ्यमन्त्री गगन थापाकै कार्यकालमा एक करोड बजेट छुट्टयाइएको थियो । पूर्वमन्त्री थापाले वीर अस्पताल व्यवस्थापन सुधारअन्तर्गत काउन्टर निर्माण, भ¥याङ मर्मत र फार्मेसी निर्माणका लागि एक करोड बजेट छुट्टयाएका थिए ।
नयाँमा थप दुई काउन्टर गरी ६ वटा काउन्टरबाट एकैपटक सेवा दिने, बिरामीलाई टिकटका लागि पर्खिने व्यवस्थाका लागि टोकन, बस्नका लागि मेचको व्यवस्था र चोरी नहोस् भन्नका लागि सिसिटिभी क्यामेराको व्यवस्था गरिएका छन् । ‘ज्येष्ठ नागरिकलाई अप्ठेरो नहोस् भनेर भिन्नै काउन्टर पनि राख्ने तयारी हुँदैछ,’ वीर काउन्टरकी कर्मचारी शर्मिला केसीले भनिन् । यसअघि टिकटका लागि घण्टौं कुर्नु परेकोमा नयाँ काउन्टर सञ्चालनमा आएपछि बीस÷पच्चिस मिनेटभित्रै सम्भव भएको कर्मचारीले बताए ।
प्रकाशित: ५ फाल्गुन २०७४ ०१:२५ शनिबार