coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उपसभामुखमा उपमा देव निर्वाचित

उपसभामुख उपमाकुमारी देव । तस्बिर : सुरेश यादव-नागरिक

जनकपुरधाम– प्रदेश २ को उपसभामुखमा संघीय समाजवादी फोरम नेपालकी उपमाकुमारी देव निर्वाचित भएकी छिन् । सप्तरीबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य भएकी देव राजपा समर्थनमा निर्विरोध उपसभामुख निर्वाचित भएकी हुन् ।

उपसभामुख निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता गर्ने समय तोकिएकोमा उनको मात्रै उम्मेदवारी परेको थियो । शुक्रबार दिउँसो बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले उपसभामुखका लागि देवको नाम प्रस्तुत गरेका थिए । उपसभामुख देवले शुक्रबारै शपथ ग्रहण गरिन् । मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा उनलाई सभामुख यादवले शपथ ग्रहण गराएका थिए । सभामुख यादवले शपथको बेहोरा नेपाली भाषामा उच्चारण गरेका थिए भने उपसभामुख देवले मैथिलीमा दोहोर्याएकी थिइन् । सभामुख यादव आफैंले दुई दिनअघि हिन्दी भाषामा शपथ लिएका थिए ।  

 

प्रकाशित: ५ फाल्गुन २०७४ ०१:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App