coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

याैनमा रूची नभए के गर्ने ?

मेरी श्रीमतीलाई सेक्समा रुचि नै छैन । उनलाई के भएको होला ?
एम

यौन पहिले इच्छाबाट सुरु हुन्छ, यौन इच्छाले एराउजल (उत्तेजना) गराउँछ र त्यसपछि अग्र्याजम (चरमोत्कर्ष) मा पुर्याउँछ भन्ने विचार व्याप्त छ । पुरुषका हकमा यो कुरा सत्य भए पनि महिलाका हकमा यसो नहुन सक्छ । महिलामा शारीरिक चाहनाबाटै यौनको सुरुवात नहुन सक्छ । यौनको शारीरिक चाहना यौन गतिविधि सुरु भएपछि मात्र पनि हुन सक्छ ।

धेरै महिलाले सेक्स गर्दा अग्र्याजममा नपुगे पनि आफू सन्तुष्ट भएको बताउँछन् । यौन समस्या मुख्यतया चार प्रकारका हुन्छन्, यौन इच्छाको समस्या, यौन उत्तेजनाको समस्या, सम्भोग सुखको समस्या र यौन पीडाको समस्या ।

जब कुनै महिला कुनै पनि यौन गतिविधिमा संलग्न हुन चाहन्नन्, उनलाई यौनको कल्पना या विचार आउँदैन भने उनमा यौन इच्छाको समस्या रहेको हुन्छ । यो चिन्ताको विषय हो । यौन उत्तेजनाले शरीरमा भौतिक र भावनात्मक परिवर्तन ल्याउँछ । रक्तचाप, मुटुको धड्कन, सास र शरीरको तापक्रम बढ्नु, स्तन र योनीमा रक्तप्रवाह बढ्नु र योनी चिप्लो हुनु तथा फुल्नु यौन उत्तेजनाका लक्षण हुन् । केहीकेही महिलामा यौन उत्तेजनाका यी संकेत देखिँदैनन् । सम्भोग सुखको अनुभव नभए पनि महिलालाई पुरुषको प्रेम र निकटताले सन्तुष्टि दिन सक्छ । यौन सम्पर्क हुँदा महसुस हुने दुखाइलाई यौन पीडा भनिन्छ । अधिकांश महिलाले जीवनको कुनै न कुनै विन्दुमा यौन पीडा भोगेका हुन्छन् । तर, यौन पीडा अत्यधिक र सधैँ भएमा चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।

महिलामा यौन इच्छा जगाउन या बढाउन उनको प्रेमी या पतिसँग आत्मीय सम्बन्ध हुनुपर्छ । कुनै पनि समस्यामा खुलेर कुरा गर्नुपर्छ । सम्भोगमा भन्दा आत्मीयतामा बढी ध्यान दिनुपर्छ । यौन ज्ञान र सम्भोग कला महिलाका यौन समस्या हटाउन उपयोगी हुन्छन् । विभिन्न सम्भोग आसन प्रयोग गर्नु, पर्याप्त फोरप्ले गर्नु, तातो पानीले स्नान गर्नु, सम्भोगअघि पिसाब फेर्नु आदि उपाय अपनाएर सम्भोग पीडा घटाउन या हटाउन सकिन्छ । यी प्रयासहरूले यौन समस्या समाधान भएनन् भने चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

प्रकाशित: ३२ श्रावण २०७३ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App