१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सिमरा गोल्डकपको उपाधि उचाल्ने थ्रिस्टार र आर्मीको दाबी

बारा – रूस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र थ्रिस्टार क्लबबीच शनिबार सिमरा रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ। दुबै टिमले उपाधि आफूले जित्ने दाबी गरेका छन्।

शुक्रबार आयोजित प्रि म्याच कन्फ्रेन्समा दुबै टोलीका प्रशिक्षक र कप्तानले नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आफ्नो टिमले उचाल्ने दाबी गरे। प्रि म्याच कन्फ्रेन्समा आर्मीका तर्फबाट प्रशिक्षक नविन न्यौपाने, कप्तान भरत खवास, थ्रिस्टारका प्रशिक्षक मेघराज केसी र निराजन खड्काले उपाधिमा दाबी गरेका थिए।

एकपटकको विजेता आर्मीले थ्रीस्टारसँग फाइनल खेल्दैछ। थ्रीस्टार पहिलोपटक सिमरा गोल्डकपको उपाधि भिडन्तमा पुगेको हो। २०७१ सालमा सम्पन्न छैठौं संस्करणको विजेता बनेपछि आर्मी सिमरा गोल्डकपको फाइनलमा पुगेको यो दोस्रो पटक हो। गत वर्ष संकटा क्लबसंग पराजित हुँदै आर्मीले उपविजेताका रूपमा चित्त बुझाएको थियो।

नवजनजागृति युवा क्लब सिमराको आयोजनामा ९ वर्षदेखि बारा जिल्लामा निरन्तर आयोजना हुने यो प्रदेश २ कै एउटा मात्रै राष्ट्रियस्तरको प्रतियोगिता हो। यसअघि आठौं संस्करणमा दुई पटक उपाधि जित्ने मनाङ एक्लो टोली हो। तर, लगातारको प्रतियोगिता खेल्दा खेलाडी घाइते भएको भन्दै मनाङले यसपटक भाग लिएन।

प्रकाशित: ४ फाल्गुन २०७४ १५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App