८ वैशाख २०८१ शनिबार
समाज

वडाध्यक्षका छोराको अपहरण

कपिलवस्तु - मायादेबी गाउपालिका– ४ का वडा अध्यक्ष फत्ते माहोम्मद मुसलमानका ५ बर्षे छोरा माहोम्मद एमानको अपहरण भएको छ। घर रहेको स्थान पिपराबाट बिहीबार विहान ८ः३० बजे मदार्सामा पढ्न जाने क्रममा अज्ञात समूहले छोरो अपरहरण गरिएको उनका बुवाले बताएका छन्।

सुमैया मदर्सामा कक्षा १ मा अध्ययनरत छोरालाई रातो र कालो रंगको पल्सर मोटरसाइकलमा आएका २ अपहरण कारीले अपहरण  गरेको बताइएको छ। अध्यक्ष मुसलमानले छोराको अपहरण भएको दिउसो दुई बजे पछि मात्रै थाहा पाएको बताएका छन्। मुखमा पट्टी बाधेर आएका दुई जनाले उनलाई अहरण गरेको गाउँकै २ जना बालिकाहरूले देखेको बताएका छन्। चाकरचौडामा रहको वडा कार्यालयमा पुर्याई दिन्छौ भन्दै फकायर छोरालाई अपहरण गरिएको बुझिएको वडा अध्यक्ष माहोम्मदले बताएका छन्। 

बालककी  आमा साजाहाले पनि आफुलाई दुई बजेपछि मात्र छोरो अपहरणमा परेको थाहा पाएको बताइन्। । सधै छोरो दुईदेखि तीन बजेको बिचमा घर पुग्ने गरे पनि बिहिबार बेलुकासम्म घर नपुग्दा सोध खोज गर्दा अपहरणमा परेको थाहा भएको बताइन्। शुक्रवार बालकको अपहरणका बारेमा उनको घरमा पुगेका सञ्चारकर्मीसँग कुरा गर्दै साजाहाले आफ्नो छोराको सकुसल रिहाईकालागि पहल गरिदिन सबैसँग आग्रह गरेकी छन्। 

नसिम खा (बादशाह)ले छोराको अपहरण गरेको उनका बुवाको आरोप छ। स्थानीय निकायको चुनाव पछि नसिमले आफुलाइए बारंम्बार बडाको आयश्रोत जिम्मा दिने बिषयमा धम्की दिने गरेको उनले बताए। ‘बडाको बुलाहिडहाव स्थित पोखरीको आयस्ता नमिसले नै यस अघिसम्म जबरजसती कब्जा गरेका थिए,’ उनले भने ‘पोखरीको आयस्ता दिन अस्विकार गरे पछि नसिमले नै छोराको अपरहण गराएका हुन्।’ नसिममाथि बिभिन्न हत्या अपहरण लुटपाटका मुद्दामा अदालते दोषी ठहर गरे पछि भारतमा बस्दै आएका छन्।

अपहरण गरेको स्थलदेखि भारतीय सीमा सात सय मिटर दुरीमा छ। अपहरणका बिषयमा छिमेकी ससरुद्दीन मुसलमानले फोनबाट जानकारी गराएको बताइएको छ। ‘छिेमेकी असराउद्दीनले घटना बोरे जानकारी गराएको थियो मलाई लिन मोटरसाईलमा पिपराबाट आउनेक्रममा उसलाई त्यही अपहरणकारीले मोटरसाइकलको चाबी समेत खासेका थिए’ उनले भने, ‘छिमेकीले आफनो गलत नाम बताए त्यहाबाट उम्कन सफ भए।’

छिमेकीले फोनबाट सबै कुरा बताएकाले आफु पिपरा नगएकाले बाच्न सफल भएको मुसलमानले बताएका छन्। अपरहणको घटना लगत्तै त्यस क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको छ। प्रहरी उपरिक्षक भोजजजंग शाहले प्रहरीलाई घटना बारे बिहीवार ५ बजे मात्र जानकारी गराईएको बताए। उनले बालको परिवारको तर्फबाट मौखिक जानकारी मात्र गराइएकाले अपहरण वा बालक हराएको हो स्पष्ट नभएको उनले बताए। 

प्रकाशित: ४ फाल्गुन २०७४ १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App