८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश ४ को मन्त्रिपरिषद विस्तार, दुई मन्त्रीद्वारा शपथ

पोखरा (रासस)- प्रदेश नं ४ का नवनियुक्त आन्तरिक मामला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनीहरूलाई प्रदेश प्रमुख बाबुराम कुँवरले पार्दीस्थित क्षेत्रीय प्रशासन कार्यालयको समीक्षालयमा शपथ गराए। समारोहमा मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रमुख सचिव लक्ष्मण अर्याल, प्रदेशसभा एवं प्रतिनिधिसभा सदस्य, उच्चपदस्थ सरकारी अधिकारीलगायतको उपस्थिति थियो । यसअघि आज बिहान प्रदेश प्रमुख कुँवरले मुख्यमन्त्री गुरुङ, सभामुख अधिकारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

 

प्रकाशित: ४ फाल्गुन २०७४ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App