७ वैशाख २०८१ शुक्रबार
समाज

बिगमार्टमा अनुगमन टोलीको छापा, सिल तोड्ने कर्मचारी पक्राउ

कालोपुलस्थित बिगमार्ट गाेदाममा तोडेको सिल अनुगमन गर्दै विभागको टोली। तस्विरः विजय गजमेर

काठमाडौं— आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले सोमबार कालोपुलस्थित बिगमार्टको गोदाममा छापा मार्‍यो। काठमाडौंको नाम चलेको सुपर स्टोरको गोदाममा मिति सकिएका सामग्री पाइएपछि टोलीले सिलबन्दी गरेर कार्यालय फर्किएको थियो।

सरकारी टोलीले कारवाहीका लागि सिलबन्दी गरेको गोदाम मंगलबार बिहान बिगमार्टका एक कर्मचारीले बिना अनुमति तोडे। सिल तोड्ने कार्यमा संलग्न गोदाममा कार्यरत गोपाल थापा प्रहरी फन्दामा परेका छन्।

‘सिलबन्दी गरेको गोदाममा मेरो मोटरसाइकलको चाबी छुटेको थियो’, प्रहरी बयानमा उनले भनेका छन्, ‘झुक्किएर खोलेको हुँ।’

थापाले सिल तोड्दै गरेको देखेपछि स्थानीयले रोक्ने प्रयास गरेका थिए। स्थानीयकै सूचनाको आधारमा केही समयपछि विभागको टोली फेरि कालोपुल पुग्यो र थापालाई नियन्त्रणमा लियो। अनुगमन टोलीको सिफारिशमा महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोलीले थापालाई पक्राउ गरेको हो।

‘अनुगमन टोलीले सोधपुछका लागि राखिदिनु भनेकाले हामीले पक्राउ गरी अनुसन्धानका लागि राखेका छौं’, कमलपोखरी वृत्तका डिएसपी महेश थापाले नागरिकन्युजसँग भने।
पक्राउ कर्मचारीले आफूले भूलबस सिल तोडेको उल्लेख गरेका छन्। ‘सिलबन्दी गरेको गोदाममा मेरो मोटरसाइकलको चाबी छुटेको थियो’, प्रहरी बयानमा उनले भनेका छन्, ‘झुक्किएर खोलेको हुँ।’

स्टोरमा पनि छापा


थापालाई प्रहरीको जिम्मा लगाएर केही समय अघि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोली अनुगमनका लागि बिग मार्टकाे लाजिम्पाटस्थित बिक्री केन्द्र पुगेकाे छ। त्यहाँ टोलीले खाद्य सामग्री तथा लत्ताकपडाको गुणस्तर तथा म्यादको अनुगमन गरिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अनुगमन तीब्र पार्न निर्देशन दिएसँगै विभागको टोली सक्रिय भएको हो।
 

प्रकाशित: ३२ श्रावण २०७३ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App