coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

रणवीर र दीपिकाको आगामी यात्रा भन्सालीसँगै

मुम्बई – सञ्जयलिला भन्सालीले रणवीर सिंह र दीपिका पादुकोणलाई साथमा लिएर ३ सुपरहिट फिल्म बनाइसकेका छन्।

भर्खरै रिलिज भएको ‘पद्मावत’ले आजसम्मका उनका फिल्मले पाएको सफलतालाई माथ दिएपछि उनी थप चर्चामा छन्। 
फिल्ममा रणवीर र दीपिकाको कामले पनि चौतर्फी तारिफ पाएको छ। यो फिल्मको सफलतापछि अब भन्साली अर्काे प्रोजेक्टको लागि खाका कोर्दै छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक भन्सालीले रणवीर र दीपिकालाई अर्को ३ फिल्मका लागि साइन गराइसकेका छन्। खबरका अनुसार भन्सालीले कामप्रति उनीहरुको समर्पण देखेर आफ्नो फिल्ममा आबद्ध गराउन लागेका हुन्।

कामप्रतिको उनीहरुको लगावलाई देखेर नै उनले दीपिका र रणवीरलाई लगातार ३ फिल्ममा काम गराएका थिए। 
अब उनीहरुको आगामी ६ वर्षे यात्रा लागि भन्सालीसँगै तय भएको छ।

भन्सालीले एक अन्तर्वार्ताको दौरान दीपिकाको प्रशंसा गर्दै असाध्यै मेहनती र उनीसँग काम गर्दा सन्तोष मिल्ने बताएका थिए। उनले रणवीरलाई पनि आफूले जति अरुले बुझ्न नसक्ने बताएका थिए। 

प्रकाशित: ४ फाल्गुन २०७४ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App