काठमाडौं- भीमोदय सामुदायीक क्याम्पस, गोरखाले दुई करोडको अक्षय कोष बनाउने तयारी गरेको छ। क्याम्सलाई आर्थिकरुपमा समृद्ध गराउँदै उत्कृष्ट शिक्षा प्रदान गर्न दुई करोडको अक्षयकोष निर्माण गर्न लागिएको क्याम्पस प्रमुख डा.वीरेन्द्र पुडासैनीले बताए। भिमोदय मावि र क्याम्पसबाट शिक्षा हासिल गर्दै देश विदेशमा रहेकाहरुले यसमा सहयोग गर्ने क्याम्पसले अपेक्षा गरेको छ।
अक्षय कोष स्थापना गर्ने उदेश्यले क्याम्पसले शनिबार राजधानीमा भेलाको समेत आयोजना गरेको छ। आरुघाट गोरखामा रहेको यस क्याम्पसले अक्षय कोषमा सहयोग गर्नेहरुलाई विशेष सम्मान गर्ने जनाएको छ।
प्रकाशित: ४ फाल्गुन २०७४ ०८:३६ शुक्रबार