७ वैशाख २०८१ शुक्रबार
समाज

भीरबाट लडेर बैंक सुरक्षा गार्डको मृत्यु

खोटाङ– खोटाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर राष्ट्रिय वाणिज्य बैंक दिक्तेलका सुरक्षा गार्डको मृत्यु भएको छ । घर नजिकैको जंगलमा घाँस काट्न गएका बेलामा भीरबाट लडेर सुरक्षा गार्डका रुपमा कार्यरत रुपाकोट झुवागढी नगरपालिका–४ खाल्लेका ५२ वर्षीय रामप्रसाद आचार्यको मृत्यु भएको हो।

घरभन्दा करिब एक किलोमिटर टाढा रहेको कर्केनी जंगलमा भीरबाट लडेर आचार्यको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । बिहीबार दिउँसो घाँस काट्न गएका आचार्य अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा खोलामा राती ८ बजे मृत भेटिएको स्थानीयले बताएका छन्।

राष्ट्रिय वाणिज्य बैंकका अनुशार आचार्य बिहिबार बिहान १२ बजेसम्मको ड्युटी सकेर घर गएका थिए । भूतपुर्व सेना रहेका आचार्य चिप्लिएर भीरबाट लडेको घटनास्थल प्रकृतिले देखाएको प्रहरीले जनाएको छ । ‘खोजी गर्दै जाने क्रममा शव खोलामा भेटिएको रहेछ,’ डिएसपी प्रधानले भने, ‘चिप्लिएको ठाउँ पनि देखिएको छ, घटनाका विषयमा कानूनी प्रकृया पूरा गरेर अनुसन्धान सुरु गरिएको छ।’  

प्रकाशित: ४ फाल्गुन २०७४ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App