७ वैशाख २०८१ शुक्रबार
अन्य

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको पहिलो प्राथमिकताः प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।  मंगलबार सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको भेटमा प्रधानमन्त्री दाहालले  शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफ्नो ध्यान केन्द्रित गरेको बताएका हुन्।
‘जनयुद्धका सहिदहरुलाई राज्यबाट सहिद घोषणा गर्ने र १० लाख दिने निर्णय म पहिलोपटक प्रधानमन्त्री हुँदा गरेको पहिलो निर्णय थियो,’ प्रधानमन्त्री दाहालले भने, ‘अहिले दोस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि बाँकी ५ लाख दिने पहिलो निर्णय गरेको छु । सहिद तथा बेपत्ता योद्धा परिवारप्रति अहिलेको समयमा राज्यले के गर्न सक्छ, त्यसमा गर्न सकिने अधिकतम् प्रयास गर्नेछु।’

प्रधानमन्त्रीले थपे , ‘मेरै नेतृत्वमा जनयुद्ध भयो, त्यति ठूलो बलिदान भयो, मैले आफूलाई त्यसबाट अलग राख्न सक्दिनँ । तपाईंहरुको पीडामा मल्हमपट्टी लगाउन र शान्ति प्रक्रियाका बाँकी काम सफल पार्न कोशिस हुन्छ, यसमा मलाई तपाईहरुको साथ र सहयोग हुने विश्वास लिएको छु ।’

भेटमा सहिद तथा बेपत्ता योद्धाका परिवारहरुले बेपत्ताहरुको अवस्था सार्वजनिक गर्न, जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न, सहिद परिचय पत्रको व्यवस्था गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरु टुंगो लगाउन प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए ।

 

प्रकाशित: ३२ श्रावण २०७३ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App