coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेविसंघको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं– नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको कार्यतालिका परिवर्तन भएको छ। यसअघि पनि पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरेको निर्वाचन समितिले अन्तिम पटक भन्दै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको हो।

जस अनुसार अाजै १२ बजेसम्म उम्मेद्वारकाे मनाेनयन दर्ता, उम्मेद्वारकाे पहिलाे नामावली प्रकाशन अाजै २ बजेसम्मकाे समय ताेकिएकाे छ। यसैगरी भदाै १ गते विहान सात बजेदेखि साँझ सात बजेम्म मतदानकाे समय ताेकिएकाे छ।

यस्ताे छ नेविसंघकाे निर्वाचन कार्यक्रम

१.    उम्मेदवारको मनोनयन दर्ता :– २०७३ श्रावण ३२ गते विहान ८ः०० वजेदेखि १२ः०० वजेसम्म ।
२.    उम्मेदवारको पहिलो नामावली प्रकाशन :– २०७३ श्रावण ३२ गते दिउसो २ः०० बजे  ।
३.    उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय : २०७३ श्रावण ३२ गते दिउसो २ः३० बजेदेखि ३ः०० बजेसम्म ।
४.    दोस्रो उम्मेदवारको नामावली प्रकाशन  : २०७३ श्रावण ३२ गते दिउसो ३ः३० बजे ।
५.    उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध : २०७३ श्रावण ३२ गते दिउसो ३ः०० बजेदेखि ३ः३० बजेसम्म ।
६.    दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन : २०७३ श्रावण ३२ गते अपरान्ह ४ः०० बजेसम्म ।
७.    उम्मेदवारीको नाम फिर्ता : २०७३ श्रावण ३२ गते दिउँसो ५ः३० वजेसम्म ।
८.    उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७३ श्रावण ३२ गते साँझ ६ः३० बजे ।
९.    मतदान : २०७३ भाद्र १ गते विहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म ।
    नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. नगरमा हुनेछ ।
१०.    मतगणना :  मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।  

 

 

प्रकाशित: ३२ श्रावण २०७३ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App