८ वैशाख २०८१ शनिबार
समाज

पर्यटकीय क्षेत्र खुम्बुको ठाडोकोसीमा भीषण आगोलागी

सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने ठाडोकोसीमा लागेको आगलागी । तस्बिर : राधा ढुंगाना/नागरिक

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने ठाडोकोसीमा भीषण आगलागी भएको छ । खुम्बु–पासाङल्हामु गाउँपालीकाको वडा नम्बर ३ मा पर्ने ठाडोकोसीमा लागेको आगलागीबाट एउटा घर पूर्णरुपमा जलेको छ भने घर छेउमा रहेको जंगलमा आगो पसेको छ।

आगलागीबाट काल्देन ओङछु शेर्पाको घरमा पूर्ण रुपमा जलेको लुक्लाबाट नाम्गेल शेर्पाले जानकारी दिए । उनले भने, ‘अहिले आगो जंगलतिर फैलीएकाले निभाउन गाह्रो भएकोे छ,।’  विद्युत सर्ट भएर आगलागी भएको हो।

घरबाट सल्केको आगो ढाडोकोसीको शिर हुँदै घाटको जंगलमा सल्किएको छ । आगलाागी विहिबार दिउँसो सवा एक बजेबाट लाग्न सुरु भएको हो । जंगलमा आगो सल्केकाले नियन्त्रणमा कठिनाई आएको स्थानीय तोया श्रेष्ठले बताए । आगलागी लागेको स्थान वरिपरि घरहरु रहेपनि प्रहरी, सेना र स्थानीयको सहयोगमा बस्तीमा आगोलागी हुनबाट जोगाईएको थियो।

आगलागी नियन्त्रणमा ईलाका प्रहरी कार्यलय लुक्ला, विमानस्थल सुरक्षा गार्ड लुक्ला, पर्यटन प्रहरी, लुक्ला र मन्जुबाट सेना र स्थानीय युवाहरु खटीएका छन् । आगलागीबाट घाटको बस्ती भेट्न सक्ने सम्भावना रहेकाले स्थानीय चिन्तीत बनेका छन् । आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ।

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App