७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘आतंककारी आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो’

काबुल – अफ्गाननिस्तानमा सन् २०१७ मा भएको विभिन्न आतंककारी आक्रमणका कारण करिब २ हजार तीन सय सर्वसाधारण मारिएका वा घाइते भएका छन् ।  संयुक्त राष्ट्रसंघले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा एक वर्षभित्र अफ्गानिस्तानमा मृत्यु वा घाइते हुनेको संख्या हजारौंमा रहेको उल्लेख गरिएको छ।

तालिबान र अन्य आतंककारी समू्हले गरेको आत्मघाती बम आक्रमण र हत्यामा ती सर्वसाधारण मारिएको संयुक्त राष्ट्रसंघद्धारा बिहीबार जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।यस्ता आक्रमणमा विशेषगरी महिला र बालबालिका धेरै परेको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

पछिल्ला केही वर्षको तुलनामा सन् २०१७ मा भएको मृत्यु र घाइतको संख्या बढी भएको सो प्रतिवेदनमा देखाइएको छ । तर यसअघिका वर्षहरुमा यो संख्या के कति थियो भन्ने बारेमा भने केही बताइएको छैन ।सन् २०१७ मा भएका आत्मघाती आक्रमण र बजारलगायतका विभिन्न भवनमा भएको आक्रमण निकै क्रुर र अमानवीय भएको पनि अफ्गानिस्तानका लागि संयुक्त राष्ट्रसंघको सहयोग मिसनले जनाएको छ ।

यस्ता आक्रमणहरुमा परी ६ सय पाँच सर्वसाधारणको मृत्यु भएको छ भने एक हजार ६ सय ९० जना घाइते भएका छन् ।सन् २०१६ को तुलनामा सन् २०१७ मा २० प्रतिशतले सैनिक हताहती बढेको छ भने सात प्रतिशतले सर्वसाधारणको हताहती बढेको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यद्यपी यसै वर्ष पनि गएको जनवरी २० यता भएका होटल आक्रमण, कैयौं व्यक्ति जम्मा भएको स्थानमा लक्षित बम आक्रमण र सैनिक परिसरमा भएका आत्मघाती हमलामा परी एक सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।राष्ट्रसंघले अफ्गानिस्तानमा सर्वसाधारण र सुरक्षाकर्मीको मृत्युका घटनामा कमी नआएको निष्कर्ष निकालेको बताइएको छ ।

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App