७ वैशाख २०८१ शुक्रबार
समाज

आज पनि शैक्षिक संस्था बन्द

काठमाडौँ- नेकपा (माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले गरेको शैक्षिक हडतालका कारण आज पनि देशभरका शैक्षिक संस्था बन्द भएका छन् ।

निजी विद्यालयमा भएको शुल्क वृद्धि घटाउनुपर्ने, ती विद्यालयमा दिइने १० प्रतिशत छात्रवृत्ति बढाउनुपर्ने लगायत माग राखी गरिँदै आएको हडतालका कारण सोमबार समेत शैक्षिक संस्था बन्द भएका थिए । सो सङ्गठनको आह्वानमा सामुदायिक र निजी विद्यालय तथा विश्वविद्यालय मातहतका अधिकांश क्याम्पसको पठनपाठन बन्द भयो ।
सङ्गठनका उपाध्यक्ष लालबहादुर तामाङले माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले यही साउन २७ गते वार्तामा आमन्त्रण गरे पनि शिक्षामन्त्री नियुक्त नभएका कारण वार्ता निर्णायक हुन नसकेको जानकारी दिए। उनले भने-“हामीले शैक्षिक हडतालका कार्यक्रम घोषणा गरेअनुरुप आजसम्मको शैक्षिक संस्था बन्द गराएका हाैं, अझै पनि हाम्रा मागको सम्बोधन हुँदैन भने चरणबद्ध आन्दोलनमा जाने छौँ ।’

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय सञ्जाल (सिजप), शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) लगायत संस्थाले पटक पटक शिक्षालय बन्द र हडताल हुनाले विद्यालय शान्ति क्षेत्रको अवधारणा उलङ्घन र विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित भएको जनाउँदै विद्यालय खुलाउने वातावरणका लागि सरकार र बन्दकर्ता पक्षसँग आग्रह गरेको छ । रासस

प्रकाशित: ३२ श्रावण २०७३ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App