coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नृत्यमा अब्बल पूर्णिमा

काठमाडौं – आधुनिक, पप र लोकलगायत प्रायः सबै प्रकारको गीतको म्युजिक भिडियो मोडलिङमा जमेकी मोडल हुन्, पूर्णिमा लामा । ४ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी श्रेष्ठका ‘लरक्कै लक्र्याे रातो सारी भुइँमा’, ‘क्याम्पस पढ्न आउनी’, ‘एकादशी बजारमा’, ‘दाइ नभन्नु ल’, ‘मैले जोवन मायालाई साँचेको’ आदि गीत चर्चित छन् ।

२०५४ मा नारायणी कला मन्दिरबाट नृत्यको औपचारिक प्रशिक्षणसहित यस क्षेत्रमा होमिएकी श्रेष्ठ सानैदेखि नृत्यमा रुचि राख्थिन् । सानै उमेरमा उनले बालबालिकाको नृत्य प्रतियोगीता ‘बेबी डान्स कम्पिटिसन’मा प्रथम पुरस्कार हात पारेकी थिइन् भने चलचित्र ‘मालती’मा बालकलाकारको भूमिकामा अभिनय गरेकी थिइन् ।

२०१७१ मा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले आयोजना गरेको लोक दोहोरी अवार्डमा उत्कृष्ट मोडलको उपाधि प्राप्त गर्न सफल पूर्णिमाले राष्ट्रव्यापी नृत्य प्रतियोगिता ‘छमछमी’को पहिलो श्रृंखलामा फष्ट रनरअप बन्न सफल भएकी थिइन् । करिब ६ हजार प्रतियोगीलाई उछिन्दै उनले सो स्थान हासिल गर्न सफल भएकी हुन्।

नृत्य कौशलकै कारण श्रेष्ठले देशको ७७ जिल्लामध्ये आधाभन्दा बढी जिल्लासहित सिंगापुर, हंङकङ, कोरिया, टर्की, कतार, दुबईलगायत १४ मुलुकमा स्टेज कार्यक्रम गरिसकेकी छिन् । नृत्यमा नै आप्mनो भविष्य बनाउने सोच राखेकी पूर्णिमाले आफूलाई अझ पारंगत बनाउन ‘सृजना कलेज अफ फाइन आट्र्स’मा कत्थक, चरिया र लोकनृत्य विधाको अध्ययन पनि गरिरहेकी छिन् । हाल उनी सो कलेजमा नृत्य विषयमै स्नातकको पढाइ गर्दैछिन् । केही विद्यालयमा नृत्य निर्देशकको रूपमा कार्यरत पूर्णिमा नेपाल पुलिस क्लबको सांस्कृतिक समूहकी एक कर्मचारी पनि हुन् । यहाँबाट उनले दर्जनौं कार्यक्रममा नृत्य प्रस्तुत गर्नुका साथै नृत्य निर्देशनसमेत गरेकी छन् ।

कला क्षेत्रबाट नाम, दाम र सम्मान सबै पाएकी उनी बालबालिकाको ‘आइडल’का रूपमा समेत परिचित छिन् । आत्मविश्वासले भरिएको सुन्दरता नै ग्ल्यामर भएको बताउने यी सुन्दरी प्रायः क्याजुअल ड्रेसमा हिँड्न रुचाउँछिन् । ‘सारीमा म निकै राम्रो देखिन्छु,’ उनले सुनाइन् ।

भिडियोमा चलेका कलाकारको पनि अन्तिम गन्तव्य चलचित्र बन्ने गरेको छ । थुप्रै म्युजिक भिडियोकी हिट मोडल श्रेष्ठलाई के अहिलेसम्म चलचित्रको अफर आएको छैन ? यसबारेमा उनले भनिन्, ‘नआएका होइनन् । थुप्रै चलचित्रमा काम गर्नका लागि प्रस्ताव आएका थिए । त्यस्तो प्रस्ताव अहिले पनि आइरहेकै छन् । तर आफूलाई चित्त बुझ्दो भूमिका नपाएका कारणले फिल्ममा काम नगरेकी हुँ ।’ आफूलाई सुहाँउदो कथा वा प्रभावकारी भूमिकाको प्रस्ताव आएमा काम नगर्ने भन्ने दुविधा नभएको उनले बताइन् । राम्रो ब्यानरबाट फिल्मका लागि प्रस्ताव आएमा र मनछुने भूमिकामा अभिनयको लागि प्रस्ताव आएमा आफू चलचित्रमा अभिनय गर्न तयार भएको उनले बताइन् ।
 

प्रकाशित: ४ फाल्गुन २०७४ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App