८ वैशाख २०८१ शनिबार
खेल

शोकमा भलिबल खेल्दै प्रतिभा

न्यू डायमन्डको जर्सीमा मन्जु र प्रतिभा माली

बाँके – महिला भलिबलको लोकप्रिय टोली शिवम् न्यु डायमण्डबाट खेलिरहेका दुइ स्टार खेलाडी हुन प्रतिभा माली र मञ्जु गुरुङ ।  मञ्जु डायमण्डबाट खेलिरहेका कारण अहिले भलिबलको चर्चामा छिन । प्रतिभा सोकमा भलिबल खेलिरहेकी छिन।

हजुरबुबाको निधन भएको तिन दिन पछि प्रतिभा पाँचौ प्रधानमन्त्री कप अन्तराष्टिय महिला भलिबल खेल्न नेपालगन्ज आएकी छिन । शिवरात्रीको दिन प्रतिभाका हजुरबुबा राम बहादुर मालीको निधन भएको थियो । निधन हुँदा प्रतिभाले चितवनमा मेयर कपको फाइनल खेलिरहेकी थिइन । अहिले उनी काठमाडौं गएर फेरी प्रतियोगिता खेल्न नेपालगन्ज आएकी छिन । शोकमा खेलिरहेको प्रतियोगिता आफना हजुरबुबा प्रति सर्मपित गरेको प्रतिभाले बताइन । खुलेर कुरा गर्न समेत अप्ठयारो मानेकी प्रतिभााले भनिन, अब हुने घटना भैसकेको छ ।

मैले आफनो कर्तब्य पुरा गर्नु पर्छ । फेरी मेरो हजुर बुबा पनि मलाई राम्रो खेलाडी भएको हेर्न चाहनु हुन्थ्यौं । मेरो खेल मनपराउनु हुन्थ्यो । यसले मलाई शोकमा पनि राम्रो भलिबल खेल्नु पर्छ भन्ने शक्ति दिएको छ ।यसैगरी मञ्जु पछि अहिले डायमण्डलाई च्याम्पियन बनाउने सोचका साथ नेपालगन्जको कभर्डहलमा पसिना बगाइरहेकी छिन । नेपालगन्जमा सुरुआती खेल जितेपछि दुबै उपाधि जित्ने अन्तिम लक्ष्य भएको बताए ।

मञ्जुको आगमनले उत्साही छ डायमण्ड ................
नेपाली महिला टोलीकी उपकप्तान मञ्जुले पश्चिमाञ्चलबाट घरेलु प्रतियोगिता खेल्छिन । एक समय मञ्जु गुरुङ, सिपोरा र परिक्षा गुरुङ खेल्ने पश्चिमाञ्चलले घरेलु प्रतियोगितामा एक छत्र राज गरेको थियो । तर कमजोर ब्यवस्थापनले पश्चिमाञ्चल पछिल्लो समय घरेलु प्रतियोगितामा कमजोर टोलीका रुपमा गनिन थाल्यो । तर पोखराबाट खेल्ने मञ्जु, सिपोराको भलिबलको लोकप्रियता अहिले पनि कम छैन । सिपोराले भलिबल नियमित खेल्न छोडिसकिन ।

मञ्जुले भने दशक देखी राष्ट्रि टोलीसँगै पश्चिमाञ्चलबाट नेतृत्व गर्दै आएकी छिन । तर अहिले मञ्जु नेपाली महिला भलिबलको लोकप्रिय टोली शिवम न्यु डायमण्डबाट नेपालगन्जमा पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल खेलिरहेकी छिन । डायमण्डबाट प्रतियोगिता खेल्न पाउँदा आफनो पुरानो टिम ज्ञानुबाबा खेलिरहेका जस्तो अनुभव गरेको मञ्जुले बताइन । उनले भनिन, अरु टिमले मलाई खेल्नको लागी प्रस्ताव गरेको थिए । तर डायमण्ड नेपालको उत्कृष्ट टिम हो । फेरी टिमका बहिनीहरुसँग मेरो निकट सम्बन्ध पछि छ । टिममा सहजै घुलमिल हुन सक्ने भएकोले डायमण्डलाई रोजेकी हु ।

नेपालको लोकप्रिय खेलाडी भएपनि मञ्जुले पछिल्लो समय उपाधि जित्न सकेकी छैनन । डायमण्डबाट फेरी पुरानो जोसको साथ खेल्दा उपाधी जित्न सक्ने हौसला बढिरहेको बताइन । उनले भनिन, अब म फेरी च्याम्पियन बन्न सक्छु भन्ने हौसला बढेको छ । मैले टिममा सहयोगी भुमिका निर्वाह गरे पुग्छ । सबै पोजिसन डायमण्डको राम्रो छ ।

भलिबलमा सफलता हासिल गर्न ब्यवस्थापन र खेलाडीको मेहनत महत्वपुर्ण रहेको गुरुङ बताउछिन । उनले थपिन, पश्चिमाञ्चलको नियमित प्रशिक्षण हुदैन । खेलाडी जुटाउन कठिन छ । ब्यवस्थापन राम्रो भएन भने नतिजा राम्रो हुदैन । डायमण्डको ब्यवस्थापन राम्रो छ । फेरी डायमण्डका धेरै बहिनीसँग मैले सँगै खेलेकी पनि छु ।

नेपाली महिला टोलीको बन्द प्रशिक्षण हुँदा मञ्जुसँगै बस्ने साथी हुन सेटर कृपा अधिकारी । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण हुँदा कृपा, मञ्जु, प्रतिभा, अरुणा शाही मिल्ने साथीमा पर्छन ।डायमण्डले यसै साता चितवनमा भएको मेयर कप भलिबलको फाइनलमा भने एपिएफसँग सोझो सेटमा पराजित भएको थियो । नेपालगन्जमा चितवनमा हारेको बदला लिने प्रयास गर्ने मञ्जुले बताइन । डायमण्डकी कप्तान ललिता नाथले मञ्जु आउँदा टिमको मनोबल बढेको बताइन।

मञ्जुले सन् २००६ देखी नेपाली टोलीबाट खेल्दै आएकी छिन । ज्ञानुबाबा स्कुलबाट नेतृत्व गर्दै मञ्जुले पाँच पटक ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि जितेकी थिइन । पश्चिमाञ्चकी स्पाइकर अरुणा शाही र ममता ठगौरा घाइते भएपछि टोलीले चितवन र नेपालगन्जमा भैरहेको प्रतियोगितामा सहभागिता जनाउन सकेको थिएनन । पश्चिमाञ्चलले भाग नलिएपछि मञ्जुलाई अन्य क्लबबाट खेल्ने वा प्रतियोगितामा सहभागिता नजाउनु पर्ने अवस्था थियो । डायमण्डका प्रशिक्षक कुमार राई मञ्जु जस्तो लोकप्रिय खेलाडी भलिबलमा सक्रिय हुनु पर्ने बताउछन ।

उनले भने, मञ्जु राम्रो खेलाडी हुन । उनले टिमबाट राम्रो गर्ने प्रयास गर्छिन । तर भलिबल टिम खेल हो । यसमा एक्लैले केहि गर्न सकिन्न । तर उनको ब्यक्तिगत खेल अझै स्तरीय छ । यसलाइृ हेरेर हामीले उनलाई प्रस्ताव गरेको हौं ।डायमण्डकी ब्यवस्थापक सुनकेशरी मालीले न्यु डायमण्डलाई अझ बलियो बनाउने सोचले मञ्जुलाइ टोलीमा बेलाएको बताइन । उनले भनिन, मञ्जु पनि चर्चित खेलाडी हुन । हाम्रो टिम चर्चित छ । दुबै समन्वय मिलेर पनि उनी डायमण्डमा आएकी हुन ।
 

प्रकाशित: ४ फाल्गुन २०७४ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App