८ वैशाख २०८१ शनिबार
अर्थ

कुमारी बैंकको सी–आस्बा

काठमाडौं– कुमारी बैंक लिमिटेडले धितोपत्र खरिद गर्न सी–आस्बा सेवा सञ्चालनमा ल्याएको छ । सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रुपमा सी–आस्बा सेवामार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी, ग्राहकलाई समयमै सी–आस्बा रजिस्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ । उक्त बैंकका ग्राहकले बैंकको सम्पूर्ण शाखाबाट सहज रुपमा सी–आस्बा रजिस्ट्रेसन नम्बर लिई सी–आस्बा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् ।

यो सेवा सञ्चालनमा आएसँगै ग्राहकले बैंकबाट सी–आस्बा रजिस्ट्रेसन नम्बर लिई मेरो सेयरमार्फत आफैं अनलाइन आवेदन दिन सक्नेछन् । साथै, अनलाइन आवेदन दिन नसक्ने लगानीकर्ताको हकमा बैंकको कुनै पनि शाखामा गई सी–आस्वा फारम भरी आवेदन बराबरको रकम आफ्नो बैक खातामा रोक्का राखी सहज रुपमा यस प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App