७ वैशाख २०८१ शुक्रबार
अर्थ

इन्जिनियर नआउँदा सिटामोल उत्पादनमा ढिलाइ

काठमाडौं – भारतबाट मेसिन जडान गर्ने इन्जिनियर नआउँदा सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडको सिटामोल उत्पादनमा ढिलाइ भएको छ । कम्पनीले माघभित्रै सिटामोल उत्पादन गर्ने लक्ष्य राखेको थियो । 

  माघभित्रै भारतबाट इन्जिनियर आएर औषधी उत्पादन गर्ने मेसिन जडान गर्ने योजना भए पनि उनीहरु नआउँदा उत्पादनमा ढिलाइ भएको कम्पनीका महाप्रबन्धक रोभसकुसम सुवेदीले बताए ।कम्पनी पुनः सञ्चालनमा ल्याउने भएपछि नयाँ औषधी उत्पादनको लागि नयाँ मेसिन झिकाइएको थियो । ल्याइएका मेसिनमध्ये दुइटा जडान भइसकेका छन् । एउटा जडान गर्न बाँकी छ । नेपालमै प्राविधिक भए पनि मेसिन ल्याइएको कम्पनीबाटै जडान गर्ने इन्जिनियर ल्याउन लागिएको हो । सिटामोल उत्पादनको लागि उद्योगलाई जिएमपीमा लैजाने काम सकिइसकेको छ ।

केही ढिलाइ भए पनि फागुनको दोस्रो हप्तासम्ममा सिटामोल उत्पादन सुरु गर्ने सुवेदीले दाबी गरे । ‘मेसिन जडान गर्ने इन्जिनियर मंगलबार आउने तय भएको छ,’ सुवेदीले नागरिकसँग भने, ‘त्यसपछि सिटामोल उत्पादन गर्न सकिने छ ।’ उनका अनुसार मेसिन जडान गर्न कम्तीमा दुई दिन लाग्नेछ ।

 वैशाखमा जीवनजलबाट उद्योग सञ्चालन आएको औषधी लिमिटेडले सिटामोल उत्पादनसँगै जुकाको औषधी उत्पादन गर्ने योजना बनाएको छ । सिटामोलको कच्चा पदार्थ दुई महिनाअघि नै आइसकेको छ । प्याकेजिङ तथा वितरणको लागि बोलपत्रसम्बन्धी काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
सिटामोल उत्पादन सुरु भएपछि केही समय परीक्षण अवधि हुनेछ । उक्त परीक्षण अवधिमा मापदण्ड पूरा भएपछि व्यावसायिक रुपमा सिटामोल उत्पादन सुरु हुनेछ । सिटामोलको सफल व्यावसायिक थालनीपछि अन्य औषधी थप्ने कम्पनीको योजना छ ।

उनका अनुसार कम्पनीले हरेक महिना एक–एक नयाँ उत्पादन थप्दै जाने योजना बनाएको छ । जुकाको औषधीपछि आइरन चक्की उत्पादन गर्ने योजना छ । यसैगरी, तालिका बनाएरै उद्योगले पहिले जस्तै दर्जनाैऔषधी उत्पादन गर्ने सुवेदीले बताए ।यसले विगतमा एक सय २० प्रकारका औषधी उत्पादन गथ्र्यो । हरेक महिना एक औषधी उत्पादन थप्दै गएर त्यही संख्या पु¥याउने सुवेदीको दाबी छ । उद्योगले हाल जीवनजल उत्पादन गरिरहेको छ ।

जीवनजल बिक्री, वितरण गर्न कम्पनीले देशभर सप्लायर्स नियुक्त गरिसकेको छ । उद्योग बन्द भएको सात वर्षपछि तत्कालीन उद्योगमन्त्री नविन्द्रराज जोशीको पहलमा वैशाखमा औषधी लिमिटेड पुनः सञ्चालनमा आएको थियो । पुनः सञ्चालनमा ल्याउँदा दुई वर्षभित्र नाफामा जाँदा आधारभूत आवश्यकताका सम्पूर्ण औषधी उत्पादन गर्ने योजना सार्वजनिक गरिएको थियो ।विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जिएमपी मोडलमा उद्योगलाई परिवर्तन गरेर उत्पादन सुरु गरिएको हो ।

स्वदेशमा आवश्यक पर्ने औषधि उत्पादनका लागि २०२९ सालमा स्थापना गरिएको उद्योगले २०६६ सालमा उत्पादन बन्द गरेको थियो । उद्योग बन्द गर्नुपर्नाको प्रमुख कारण आर्थिक घाटाभन्दा पनि विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार जिएमपी मोडलमा जान नसक्नु थियो । जिएमपी मोडल भनेको औषधी उत्पादन गर्ने उपकरण र कोठा पूर्णतः कीटाणुविहीन तथा हावा छिर्न नसक्ने अवस्थाको हुनु हो ।

प्रकाशित: ४ फाल्गुन २०७४ ००:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App