७ वैशाख २०८१ शुक्रबार
खेल

सन्दिप लामिछाने म्यान अफ टुर्नामेन्ट, दिल्लीले दियो बधाई

काठमाडौं – नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले ‘म्यान अफ टुर्नामेन्ट’को उपाधि जितेका छन्।

प्रतियोगिताको ६ खेलमा सन्दिपले कुल १७ विकेट लिएको आइसीसीले जनाएको छ। 

यसैबीच सन्दिपलाई २० लाख भारुमा खरिद गरेको आएपीएल टिम दिल्ली डेयर डेभियर्सले डिभिजन २ को उपविजेता बन्न सफल भएकोमा नेपाललाई बधाई दिँदै  सन्दिपको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेको छ। दिल्लीले ट्वीटरमार्फत बधाई दिएको हो।

सन्दिपका लागि डिभिजन २ शानदार टुर्नामेन्ट भएको भन्दै उनको उत्कृष्ट प्रदर्शनले नै उनलाई प्लेयर अफ द सिरिज पुरस्कारको हकदार बनाएको दिल्लीले ट्वीट गरेको छ।

प्रकाशित: ३ फाल्गुन २०७४ १५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App