coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्कुल नखुल्दै पुगे पाठयपुस्तक

जुम्ला– बर्षेनी पाठ्यपुस्तकको अभाव खेप्दै आएको जुम्लामा यस बर्ष भने नयाँ शैक्षिक सत्र सुरु पाठयपुस्तक पुगि सकेका छन्। सदरमुकामस्थित पुस्तक पसलमा पाठयपुस्तक पुगिसकेको पुस्तक जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ। 

दुर्गम क्षेत्रमा पाठयपुस्तक समयमै नपुगेको गुनासो गर्दै आएका विद्यालयलाई समयमै पाठयपुस्तक लग्न परिपत्र गरिएको जिल्ला शिक्षा कार्यालय जुम्लाका शाखा अधिकृत महेशदत्त देवकोटाले बताए। ‘विगतका वर्षहरुमा सदरमुकाम खलंगा आसपासका विद्यालयमा मात्रै पुस्तक पुग्ने र दुर्गमका विद्यालयमा शैक्षिक सकिदासम्म पुस्तक नपुगेको गुनासो आउने गरेको थियो’ उनले भने, ‘यस पटक समयमै पुस्तक पुगेकाले समयमै लैजान विद्यालयलाई परिपत्र गरिसकेका छौं।’ 

‘नयाँ शैक्षिक सत्र अन्र्तगत भर्ना अभियान चलेको छ’, उनले भने, ‘यो अवधी भित्र सबै विद्यालयमा पुस्तक पुर्याउन सबै पुस्तक व्यवसायीलाई निर्देशन दिइएको छ।’ नियमित पठनपाठन सुुरु हुने वेलासम्म विद्यार्थीको हातहातमा पाठयपुस्तक पुग्ने वातावरण सिर्जना गर्न सबै स्थानीय तहलाई सूचित गरिएको जनाइएको छ। 

जिल्लाका एक सय १९ सामुदायीक विद्यालयमा पढाई सुरु हुनु अगावै पुस्तक पुग्ने विश्वास जिल्ला शिक्षा कार्यालयको छ।  ‘यस वर्षदेखि कक्षा १ देखि ८ सम्म रंगिन पुस्तक छपाई भएको छ’ उनले भने ‘कक्षा १ देखि ५ सम्म १९ हजार २ सय ८४ जना विद्यार्थी छन्। कक्षा ६ देखि ८ सम्म ७ हजार ७ सय २९ जना विद्यार्थी रहेका छन्। यस्तै कक्षा ९ देखि १० सम्म ४ हजार ८ सय १३ जना र कक्षा ११ र १२ मा  १ हजार ४ सय ३१ जना विद्यार्थी छन्।’   

यस वर्ष समयमै पाठ्यपुसतक पुग्ने भएपछि जिल्लामा नियमित पठन पाठन हुनुका साथै समयमै कोर्ष सकिने विश्वास लिइएको बताइएको छ।’ समयमै पाठयपुस्तक पुग्दा पनि विद्यालयले समयमै खरिद नगर्दा समस्य आउने गरेकोमा यस वर्ष समयमै पूस्तक नलिने विद्यालयलाई कार्वाही गरिने जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ। कक्षा ६ देखी १० सम्मका पहिलो चरणमा २ हजार ५ सय सेट पुस्तक पुगेर वितरण कार्य सुरु भईसकेको जिपी स्टेश्नरीका सञ्चालक गणेश रोकायाले जानकारी दिए। उनले आफ्नो विद्यालयलाई चाहिने पुस्तकको माग समयमै गर्न उनले विद्यालयहरूसँग आग्रह गरेका छन्। 

एकैपटक धेरै सेट ल्याउदा पुस्तक विक्रि नभएर थन्किने अवस्था देखिएकोले यस वर्ष विद्यालयको माग वमोजिम पुस्तक ल्याइने व्यवसायीहरूले बताएका छन्। व्यवसायीले विद्यालयले पसलमा सम्पकृ गर्ने वित्तिकै पाठ्यपुस्तक उपलब्ध गराइसक्ने बताएका छन्। जुम्लामा नयाँ शैक्षिक शत्र फागुन महिनाको एक गतेदेखिदेखि सुरु हुने गर्दछ। तीन महिना हिउँदे विदा सकाएर यहाँका अधिकांस विद्यालयमा पढाई सुरु भएको छैन्।

प्रकाशित: ३ फाल्गुन २०७४ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App