coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्युत् चोरीमा संलग्न नौ पक्राउ

बनेपा (रासस)- काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडाबाट तानेर विद्युत् चोरी गरेका नौ जना आज पक्राउ परेका छन्।
उनीहरुलाई विद्युत् चोरी गरिरहेका अवस्थामा पक्राउ गरी इप्रका बनेपाको हिरासतमा लिइएको नेपाल विद्युत् प्राधिकरण, काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिए। पक्राउ परेकाबाट तार, मोटर, फ्रिज, टिभीलगायत विद्युतीय सामग्रीसमेत बरामद गरिएको छ। पक्राउ पर्नेमा बनेपा नगरपालिका–३ का गोपालसिंह तामाङ र काले तामाङ, मण्डनदेउपुर नगरपलिका–३ का सानुकान्छा तामाङ र जीवनाथ ढकाल तथा मण्डनदेउपुर–४ का राजकुमार परियार, रामबहादुर नेपाली, भीमप्रसाद काफ्ले, रामकुमार तामाङ र मण्डनदेउपुर–८ का रामचन्द्र खतिवडा छन्।
वितरण केन्द्रका प्रमुख यादवले मण्डनदेउपुरबाहेक पनौती र नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिकालगायत स्थानबाट पनि विद्युत् चोरी भएको उजुरी आएको बताए। आव २०७३/०७४ मा विद्युत् चोरीका आरोपमा विभिन्न क्षेत्रबाट ४९ जना पक्राउ परेका थिए। यससँगै विद्युत् चोरी गर्नेको संख्या ५८ पुगेको छ।  

 

प्रकाशित: ३ फाल्गुन २०७४ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App