८ वैशाख २०८१ शनिबार
खेल

डिभिजन २ क्रिकेट : युएईद्वारा नेपालसामु २७८ रनको लक्ष्य प्रस्तुत

नामिबिया – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा युएईले नेपाललाई जितका लागि २७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाको विन्डहकमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाई २७७ रन बनाएको हो।

आजको फाइनल खेलमा युएईले उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गरेकाे थियो । युएईका लागि अस्फाग अहमदले सर्बाधिक ११४ रन बनाएका थिए । उनले १२३ बलको सामना गर्दै १० चौका र ३ छक्काको मद्दतमा ११४ रन बनाएका हुन । त्यस्तै रोहन मुस्तफाले ५१, रमेज सेहजादले ४१,  साइमन अनवरले ४०,  र घुलाम सब्बरले १८ रनको योगदान दिए।

युएईले १०९ रन बनाउदा पहिलो विकेट गुमायो थियो।

नेपालका लागि बसन्त रेग्मी,सन्दिप लामिछाने र सोमपाल कामीले एक/एक विकेट लिए । यसअघिका ५ खेलमा बलिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल आज भने फितलो साबित भयो।  

नेपाल र युएइले शीर्ष २ मा रहदै अघिल्लो चरणको यात्रा तय गरेका हुन्।  

बुधबार क्यानडालाई १ विकेटले हराउदै नेपाल र नामिबियामाथि १९ रनको जित निकालेको युएई अघिल्लो चरणमा प्रवेश गरेका हुन् । नेपाल पहिलो र युएइ दोस्रो स्थानमा रहदै जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्ने अवसर प्राप्त गरेका छन् । युएई र क्यानडाको अंक बराबरी भए पनि रन रेटका आधारमा युएईले क्यानडालाई पछि पार्दै छनोट भएको हो ।

डिभिजन–२ को शीर्ष दुईले वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड, नेदरल्यान्ड, पपुवा न्युगिनी, अफगानिस्तान, हङकङ र स्कटल्यान्डसँग दुई समूहमा विभाजित भएर प्रतिस्पर्धा गर्नेछन् । यसका शीर्ष दुई टोलीले इङ्ल्यान्डमा हुने विश्वकप खेल्न पाउनेछन् । साथै नेदरल्यान्डबाहेक शीर्ष तीन एसोसिएट राष्ट्रले २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्।

२७८ रनको विजयी लक्ष्यसहित नेपाल केहिबेरमा ब्याटिङमा उत्रदैछ ।

 

प्रकाशित: ३ फाल्गुन २०७४ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App