७ वैशाख २०८१ शुक्रबार
समाज

बागलुङमा आगलागी, दुई घर जले

बागलुङ – जिल्लाको बडिगाड गाउँपालिका— ७ मा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ। बडिगाड गाउँपालिकाको भीमगिठेमा स्थानीय देवबहादुर गुरुङको घरमा बिहान लागेको आगोका कारण उनको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो।

आगलागीबाट गुरुङको घरमा रहेको नगद तीन लाख ५० हजार सहित १० तोला सुन, अन्नपात लत्ताकपडा र कागजात जलेर नष्ट भएको बडीगाड गाउँपालिका वडा ७ का अध्यक्ष कृष्ण गुरुङले जानकारी दिएका छन्। आगलागीबाट देवबहादुरको घर सँगै रहेको ओमबहादुर गुरुङको घरमा पनि आंशिक क्षति पुगेको छ। आगलागीबाट गुरुङको घरको बार्दली र बाख्राको खोर जलेर नष्ट भएको छ।

‘बिहान आगो लागेपछि एक घर पूरै क्षति भएको छ, अर्को घरमा समेत क्षति पुगको छ,’ उनले भने, ‘घर र त्यहाँ भएका धनमाल समेत नष्ट भएछ।’ आगलागीबाट कुनै मानवीय र पशु चौपायामा भने क्षति नभएको उनले बताए। घर जलेपछि गुरुङ परिवार आफन्तको घरमा आश्रय लिएका छन्। घरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। ईलाका प्रहरी कार्यालयस भिमगीठेको टोली स्थानीयबासी जनप्रतिनिधि लगायतको प्रयासमा आगो लागेको दुई घण्टा पछि नियन्त्रणमा आएको थियो। 

आगलागीका बारेमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी इन्चार्ज भोजबहादुर बानियाँले जानकारी दिए। ‘विद्युत सर्ट भएका आगो लागेको हो कि भन्ने छ,’ उनले भने, ‘हामी अनुसन्धानकै क्रममा छौं।’ 

प्रकाशित: ३ फाल्गुन २०७४ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App