प्रदेश ६ मा सात वटा मन्त्रालय स्थापना

बिहिबार, ०३ फागुन २०७४, १५ : ०९ नागरिक

सुर्खेत – प्रदेश नम्बर ६ मा बिहीबार सात वटा मन्त्रालय स्थापना गरिएका छन्। प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित छ मन्त्रालय स्थापना गरिएको बताए। प्रदेश नम्बर ६ मा सात वटा मन्त्रालय रहने छन्। 

दुई साताअघि नै क्षेत्रीय प्रशासन कार्यालय भवनमा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को कार्यालय सञ्चालन भइसकेको छ। प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने छन्। 

भवन डिभिजन कार्यालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय स्थापना गरिएको छ। मन्त्रालयका सचिव केशवराज आचार्यले पदभार ग्रहण गरेर काम थालिसकेका छन्। मन्त्रालयको क्षेत्राधिकारभित्र शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्यूरो, विपद् व्यवस्थापन, कानून न्याय तथा प्रदेशसभा र प्रदेश कर्मचारीलगायत पर्छन्। यो मन्त्रालय मुख्यमन्त्रीपछिको शक्तिशाली हो। 

क्षेत्रीय शिक्षा निर्देशनालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय स्थापना गरिएको छ। मन्त्रालयका सचिव ढुण्डी निरौलाले पदभार ग्रहण गरेर काम शुरु गरेका छन्। यो मन्त्रालयले प्रदेशको आर्थिक योजना तथा बजेट निर्माण गर्नेबित्तिकै संस्थाहरुको अनुगमन र नियमन गर्नेछ। 

जिल्ला जनस्वास्थ्य कार्यालयमा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको छ। शिक्षा, स्वास्थ्य, सरसफाइ, महिला, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, भाषा, संस्कृति र श्रम तथा रोजगार यसअन्तर्गत रहने छन्। निमित्त सचिव भक्तबहादुर ढकालले पदभार ग्रहण गरेर कामकाज शुरु गरेका छन्। 

सात मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय स्थापना हुन बाँकी छ। डिभिजन सिँचाइको कार्यालयले मात्रै नपुग्ने भएपछि नजिकैको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयसमेतलाई मिलाएर मन्त्रालय स्थापना गरिएको मुख्यसचिव प्रधानले जानकारी दिए। रासस





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad