८ वैशाख २०८१ शनिबार
खेल

डिभिजन २ क्रिकेट : नेपाल र युएइबीचको फाइनल खेल जारी

नामिबिया – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा अहिले नेपाल र युएइबीचको खेल जारी छ।
नामिबियाको विन्डहकमा जारी खेलमा टस जितेर युएइले ब्याटिङ रोजेपछि अहिले नेपाल फिल्डिङ गर्दै छ ।  ताजा अवस्थामा युएइले ७ ओभरको समाप्तीमा कुनै विकेट नगुमाइ २२ रन बनाएको छ । लिग चरणमा युएईलाइ ४ विकेटले हराएको नेपाल आज उच्च मनोबलका साथ फाइनल जित्ने लक्ष्यका साथ मैदान उत्रिएको छ ।

नेपाल र युएइले शीर्ष २ मा रहदै अघिल्लो चरणको यात्रा तय गरेका हुन्।  

बुधबार क्यानडालाई १ विकेटले हराउदै नेपाल र नामिबियामाथि १९ रनको जित निकालेको युएई अघिल्लो चरणमा प्रवेश गरेका हुन् । नेपाल पहिलो र युएइ दोस्रो स्थानमा रहदै जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्ने अवसर प्राप्त गरेका छन् । युएई र क्यानडाको अंक बराबरी भए पनि रन रेटका आधारमा युएईले क्यानडालाई पछि पार्दै छनोट भएको हो।
 

प्रकाशित: ३ फाल्गुन २०७४ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App