८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश नम्बर ४ को सभामुखमा अधिकारी निर्वाचित

कास्की- प्रदेश न ४ को सभामुखमा माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्वाचित भएका छन। बिहिबार बसेको संसदको दोश्रो बैठकले उनलाई सर्वसहमतिको आधारमा सभामुखमा निर्विरोध चयन गरेको हो।
अधिकारी वाम गठबन्धनबाट सभामुख भएका हुन्। उनलाई माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले प्रस्ताव र एमाले प्रदेश कमिटी संयोजक किरण गुरुङले समर्थन गरेका थिए। अधिकारिलाई सभाध्यक्ष जनकलाल श्रेष्ठले संविधानको धारा १८२ र प्रदेशसभा सभा अन्तरिम कार्यसंचालन नियमावली २०७४ को दफा ६ उपदफा २ बमोजिम सभामुखमा नियुक्त गरे। यो संगै फागुन ६ गते हुने उपसभामुखको निर्वाचनमा सभामुख अधिकारीले अध्यक्षता गर्नेछन्।

प्रकाशित: ३ फाल्गुन २०७४ ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App