१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति जुमाले गरे राजीनामाको घोषणा

जोहानेसबर्ग – दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले राजीनामाकाे घोषणा गरेका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै राष्ट्रपति जुमाले राजीनामाको घोषणा गरेका हुन् । जुमाको राजीनामाकाे माग गर्दै उनकै पार्टीले उनीमाथि निरन्तर रूपमा दबाब दिदै आएको थियो ।

पार्टीको निरन्तर दबाब पश्चात् राष्ट्रपति जुमाले असन्तुष्टिका माझ राजीनामा दिएका हुन् । उनलाई राजीनामा लागि दबाब दिनका लागि राष्ट्रपति जुमा निकटका व्यक्तिका घरमा बुधबार प्रहरीले छापा मारेको थियो ।
राष्ट्रपति जुमा निकट दल अफ्रिकी नेशनल कंग्रेसले राजीनामा लागि उनलाई बुधबार साँझसम्मको समय दिएको थियो ।

प्रकाशित: ३ फाल्गुन २०७४ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App