मुख्यमन्त्रीको दाबी कसैले पेश गरेको छैन : प्रदेश प्रमुख खनाल

बिहिबार, ०३ फागुन २०७४, ११ : ३७ नागरिक

सुर्खेत – ६ नम्बर प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री नियुक्तिका लागि अहिलेसम्म कुनै पनि संसदीय दलको नेताले दाबी पेश नगरेको बताएका छन्।

प्रदेश प्रमुख खनालले बहुमत सांसदहरुको समर्थन जुटाउन सक्ने दलको संसदीय दलको नेतालाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्ने सूचना गरिए पनि अहिलेसम्म कोही सो प्रक्रियामा नआएको बताए।

एनले भने, “नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको बहुमत प्राप्त दलको नेतालाई आज फागुन ३ गते बेलुका ५ बजेसम्म मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेका छौैँ, यदि मुख्यमन्त्री नियुक्तिको दाबी नपरेको खण्डमा संविधानतः पुनः अर्को प्रक्रियामा जान्छौँ।”

एमाले संसदीय दलको बैठकले प्रदेश सरकार आलोपालोबाट चलाउने सर्तमा सहमति गर्न प्रस्ताव राखेपछि मुख्यमन्त्रीको दाबी गर्न नेकपा (माओवादी केन्द्र)लाई अप्ठ्यारो बनेको हो । एमाले संसदीय दलका नेता यामलाल कँडेलले साढे दुई साढे दुई वर्षको आलोपालो गरी सरकार चलाउने सहमतिमा हस्ताक्षर गर्न माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसँग सर्त राखेका थिए।

यसमा माओवादी केन्द्रले वाम गठबन्धनको कार्यदलका अनुसार अघि बढ्नुपर्ने बताए पनि प्रदेशमा राप्रपाका एकजना सांसदलाई लिएर भएपनि बहुमत पु¥याउने र त्यसैको बलमा आलोपालोबाट सरकार चलाउने शर्तात्मक प्रस्ताव राखेर माओवादीलाई सहमतिमा आउन बाध्य पार्ने ध्याउन्नमा एमाले छ । यहाँ नेकपा (माओवादी केन्द्र)का १३, नेपाली काँग्रेसका ६ र राप्रपाका एक सांसद मिलाएर पनि बहुमत बन्न सक्दैन।  (रासस)








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad