coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

छानबिनका लागि पूर्व राष्ट्रपति राजापाक्षेका छोरा पक्राउ

कोलम्बो-श्रीलङ्काको एक अदालतले सोमबार श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजपाक्षलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न आदेश दिइएको छ ।

अदालतले अनुसन्धानका लागि पूर्व राष्ट्रपति राजपाक्षका जेठा छोरा नमाल राजपाक्षलाई एकहप्ता हिरासतमा राखी छानबिन गर्न अनुमति दिएको छ । नमाललाई श्रीलङ्काको विपक्षी समूहका महिन्दा राजपाक्षप्रति वफादार सांसदका रूपमा हेरिन्छ ।

अदालतले नमालमाथि अकुत रूपमा तीन लाख १० हजार अमेरिकी डलर आर्जन गर्न जिम्मेवार रहेको पछिल्लो आरोप छ । नमालमाथि अवैध रूपमा सम्पत्ति आर्जन गरेको भनी लागेको यो आरोप दोस्रो हो । उहाँमाथि भारतीय एक कम्पनीबाट पाँच लाख अमेरिकी डलर अवैध रूपमा लिएको लगायतका मुद्दा सुनुवाई चलिरहेको छ ।

 

प्रकाशित: ३२ श्रावण २०७३ ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App