८ वैशाख २०८१ शनिबार
खेल

सनसनीपूर्ण जित

जितपछि खुसीयाली मनाउँदै नेपाली टोली । तस्बिर सौजन्य : आइसिसी

काठमाडौं – पाका खेलाडीको कमजोर प्रदर्शनलाई करण केसीको सनसनीपूर्ण ब्याटिङले छोप्दा बुधबार नेपालले क्यानाडामाथि १ विकेटको विजय हासिल गर्दै जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने भएको छ।

जिम्बाब्वेको टिकट पक्का गर्न नेपाल र क्यानाडा दुवैलाई जित्नैपर्ने दबाब थियो । कप्तान पारस खड्काले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिए । श्रीमान्था विजेरत्नेको शतकप्रेरित क्यानाडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ रन ९४ रन बनाएको थियो । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा लक्ष्य पूरा गर्दै फागुन २० गतेबाट जिम्बाब्वेमा हुने ग्लोबल क्वालिफायरका लागि स्थान सुरक्षित ग¥यो । दुई वर्षअघि नामिबियाको यसै मैदानमा यही प्रतियोगिताको खेलमा  नेपालले क्यानाडालाई ७ विकेटले हराएको थियो।

गत संस्करणमा पहिलो र अन्तिम खेल हारेपछि डिभिजन १ मा उक्लने ढोका बन्द गरेको थियो । तथापि आयरल्यान्ड र अफगानिस्तानले एकदिवसीय क्रिकेटको मान्यता पाएपछि नेपाल र केन्याले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएका थिए । डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारमा विश्वकप छनोट खेल्ने मौका गुमाएको नेपालले दोस्रो अवसरलाई भने खेर जान दिएन।


अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ बलमा ८ रन आवश्यक थियो । पहिलो ४ बलमा रन नलिएका करणले पाँचौं बलमा छक्का प्रहार गरे । अब नेपाललाई १ बलमा २ रन आवश्यक थियो । सेसिल परभेजले अन्तिम बल वाइड फाले । अन्तिम बलमा करणले १ रन लिएर नेपाललाई १ विकेटको जित दिलाए।

जितसँगै नेपालले ८ अंकका साथ शीर्ष स्थान पक्का ग¥यो । बुधबारै नामिबियामाथि १९ रनको जित निकालेको युएई ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपालले अब बिहीबार युएईसँग फाइनल खेल्नेछ । क्यानाडाले नामिबियासँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ भने ओमान र केन्याले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका शीर्ष दुई टोलीले जिम्वाब्बेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछन् । डिभिजन–२ को शीर्ष दुईले वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड, नेदरल्यान्ड, पपुवा न्युगिनी, अफगानिस्तान, हङकङ र स्कटल्यान्डसँग दुई समूहमा विभाजित भएर प्रतिस्पर्धा गर्नेछन् । यसका शीर्ष दुई टोलीले इङ्ल्यान्डमा हुने विश्वकप खेल्न पाउनेछन् । साथै नेदरल्यान्डबाहेक शीर्ष तीन एसोसिएट राष्ट्रले २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्।

ओपनरको भूमिकामा रहेका उपकप्तान ज्ञानेन्द्र मल्लको कमजोर फर्मले निरन्तरता पाउँदा कप्तान पारस खड्का र शरद भेषावकरको ब्याट पनि चल्न सकेन । ज्ञानेन्द्र ९ रन बनाएर सिसिल परवेजको बलमा नीतिश कुमारलाई क्याच दिँदै पवेलियन फर्किए भने पारस पहिलो बलमै आउट भए । युएईविरुद्ध ५१ तथा केन्याविरुद्धको जितमा ४२ रनको योगदान गरेका कप्तान पारस पवेलियन फर्किएपछि नेपाल दबाबमा परेको थियो।

अघिल्लो तीन खेलमा नचलेपछि केन्याविरुद्ध बेन्चमा बसेका दिलीप नाथ र यु–१९ टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गर्दै नेपालको आशा जीवित राखेका थिए । २१.२ ओभरमा दिलीप नाथ आउट भएलगत्तै शरद भेषावकर पनि १ रन बनाएर पवेलियन फर्किए । नेपाल पुनः दबाबमा प¥यो । फेरि एक पटक दीपेन्द्रसिंह र आरिफ शेखले नेपालको आशा कायम राखे तर २४.६ ओभरमा दीपेन्द्रसिंह आउट भएपछि नेपालले निरन्तर विकेट गुमायो । दिलीप नाथले ६८ बलमा ५ चौकासहित ४१ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए । रोहितकुमार पौडेलले २७ तथा आरिफ शेखले २६ रनको महत्वपूर्ण योगदान गरे।

तर करण केसीले आक्रामक इनिङ खेल्दै नेपालको सपना साकार बनाइदिए । ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका करणले सन्दीप लामिछानेसँग दसौं विकेटका लागि ५१ रनको अविजित साझेदारी गर्दै नेपाललाई रोमाञ्चक जित दिलाए । अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ बलमा ८ रन आवश्यक थियो । पहिलो ४ बलमा रन नलिएका करणले पाँचौं बलमा छक्का प्रहार गरे । अब नेपाललाई १ बलमा २ रन आवश्यक थियो । सेसिल परभेजले अन्तिम बल वाइड फालेपछि नेपाल अझ सहज स्थितिमा पुग्यो । अन्तिम बलमा करणले १ रन लिएर नेपाललाई १ विकेटको जित दिलाए।

विन्डहोकस्थित वान्डरर्स क्रिकेट मैदानमा पहिलो ब्याटिङ गर्ने क्रममा ओपनर श्रीमान्था विजेरत्नेले शतकीय इनिङ खेलेपछि क्यानाडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९४ रन बनाउन सफल भएको थियो । १ सय ५२ बलमा ८ चौकासहित १ सय ३ रन बनाएका विजेरत्नेले पहिलो विकेटका लागि रुभिन्दु गुणशेकेरा (९) सँग ४६ रनको साझेदारी गरेका थिए । क्यानाडाको इनिङमा गुणशेकेराबाहेक हाम्जा तारिकले २४ र सस्तिमरञ्जित धिन्ड्साले १८ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि वसन्त रेग्मीले १० ओभरमा ३४ रन खर्चिँदै ३ विकेट लिए भने प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडीको रूपमा कायम रहने क्रममा सन्दीपले दुई विकेट लिए । प्रतियोगिताका पाँच खेलमा उनको कुल विकेट संख्या १६ पुगेको छ । बुधबार करण केसी र शरदले १/१ विकेट लिएका थिए।


 

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App