जेल सजायको विरोध

बिहिबार, ०३ फागुन २०७४, ०९ : ४८ एजेन्सी

कायरो – इजिप्टमा वर्तमान सरकारद्वारा प्रतिबन्धित घोषणा गरिएको एक राजनीतिक दल मुिस्लम ब्रदरहुडलाई सहयोग गरेको अभियोगमा यहाँका २० जना विद्यार्थीलाई जेल सजाय सुनाएको घटनाको विरोध भएको छ ।

इजिप्टका मानवअधिकारवादीहरुले त्यसको विरोध गरेका हुन् । इजिप्टको एक अदालतले केही साता अघि मात्र उनीहरुलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो ।   इस्लाम केन्द्रीत एक विश्वविद्यालयका ती विद्यार्थीलाई सुनाइएको यो फैसला राजनीतिक आस्थाका आधारमा गरिएको भन्दै त्यसको विरोध गरिएको हो।

  इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएअनुसार उक्त विश्वविद्यालय इजिप्टका अपदस्थ पूर्व इस्लामी राष्ट्रपति मोहमद मोर्सीसँग सम्बन्धित छ । त्यसैले वर्तमान सरकारले उक्त विश्वविद्यालयलाई प्रतिबन्ध लगाएको थियो । ती विद्यार्थीहरुले उक्त प्रतिबन्धित विश्वविद्यालयबाट मोर्सीको पार्टीलाई समर्थन गर्ने काम गरेको आरोप उक्त अदालतको छ । तर त्यस आरोपको उनीहरुले भने खण्डन गरेका छन् ।

  इजिप्टका मानवअधिकारवादीले उक्त विश्वविद्यालयका विद्यार्थीलाई शान्तिपूर्णरुपमा विरोध गरेको आरोपमा यसरी वर्षौंको जेल सजाय सुनाउनु न्यायसंगत नभएको र उनीहरुको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको बताएका छन् । इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई सन् २०१३ को जुलाईमा अपदस्थ गरिएको थियो । त्यस समयमा उनको समर्थनमा आम प्रदर्शन भएको थिए । उनको पक्षमा गरिएका भनिएका यी प्रदर्शनका बारेमा पछिसम्म नै सरकारले खोजी गरिरहेको छ ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad