८ वैशाख २०८१ शनिबार
राजनीति

'छरिताे मन्त्रिपरिषद्'

विराटनगर – प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. गोविन्द तुम्बाहाङले संविधानको धारा १६८ को उपधारा १ बमोजिम बुधबार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुुन् ।  

प्रदेश प्रमुख कार्याललयमा प्रदेश प्रमुख तुम्बाहाङले राईलाई मुख्यमन्त्री नियुक्त गरिएको पत्र दिए । पत्र हस्तान्तरण गर्दै प्रदेश प्रमुख तुम्बाहाङले राईलाई सफलताको शुभकामना दिए । मुख्यमन्त्रीको शपथ कार्यक्रम बिहीबार दिउँसो ३ बजे स्थानीय वीरेन्द्र सभागृह हलमा गरिने छ। 

 मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै राईले सुरुमा तीनदेखि  पाँच सदस्यीय मन्त्रिमण्डल गठन हुने बताए।  

माओवादी सरकारमा सहभागी नहुने 

माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ । बुधबार एमाले र माओवादीबीच सरकार गठन विषयमा भएको छलफलपछि माओवादी केन्द्रले तत्काले सरकारमा सहभागी नहुने जनाएको हो। 

एमालेको नेतृत्वमा प्रदेश १ मा सरकार बनाउने तयारी भइरहेका बेला मन्त्रालयका विषयमा सहमति हुन नसकेपछि माओवादीले सहभागी नहुने बताएको छ । माओवादी केन्द्र मोरङ इन्चार्ज  कुशल लिम्बुले मन्त्रालयमा  कुरा नमिलेको भन्दै सरकारमा सहभागी  नहुने स्पष्ट पारे । उनले भने, ‘सरकार गठन विषयमा बुधबार विराटनगरमा भएको छलफलमा कुरा नमिलेपछि सरकारमा सहभागी नहुने निर्णय गरिएको हो ।’ उनका अनुसार माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमध्ये एउटामा दाबी गरेको छ ।  प्रदेशमा सबैभन्दा महŒवपूर्ण मानिएका मन्त्रालय दिन एमाले तयार नभएपछि माओवादी केन्द्र सरकारमा सहभागी नहुने भएको हो। 

एमाले सांसद लिलावल्लभ अधिकारीले सरकार गठन विषयमा छलफल भइरहेको बताए । ‘हाई लेभलमा कुरा भइरहेको छ,’ उनले भने, ‘मन्त्रालय बा“डफा“ट विषयमा सहमति हुन्छ ।’ प्रदेशमा ७ वटा मन्त्रालय रहने व्यवस्था  छ । प्रदेश १ मा एमालेको स्पष्ट बहुमत भएका कारण माओवादी केन्द्र सहभागी नभए पनि सरकार गठनमा बाधा पर्ने देखिँदैन । ९३ सदस्यीय यो प्रदेशसभामा एमालेका ५१ सदस्य छन्। 

प्रकाशित: ३ फाल्गुन २०७४ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App