८ वैशाख २०८१ शनिबार
अर्थ

महिलाका लागि मेटलाइफकाे याेजना

काठमाडौं– मेटलाइफ नेपालले महिलाका लागि नयाँ सुरक्षा योजना ल्याएको छ । बुधबार एक कार्यक्रम आयोजना गरी उक्त योजना सार्वजनिक गरेको हो ।मेटलाइफले लाइफकेयर नामको नयाँ बिमालेख सुरु गरेको छ । यस बिमालेखाले जीवनको क्षति, आकस्मिक घटना र २४ वटा घातक रोगबापत विस्तृत आर्थिक सुरक्षा प्रदान गर्दछ ।

विशेष गरी लाइफ केयर ब्युटिफुल महिलाका लागि तयार पारिएको कम्पनीले जनाएको छ । यसमा १० वटा महिला केन्द्रित रोग––महिलामा हुने कारसिनोमा, छालाको कलमी, दुर्घटनाका कारण गरिने मुख सम्बन्धी शल्यचिकित्सा, स्तन क्यान्सर, पाठेघरको क्यान्सर र महिलासँग सम्बन्धित अरु क्यान्सर–– समावेश गरिएको छ ।

यस्तै, लाईफ ब्रेभमा जीवनको क्षति र सबै लिंगलाई समान रुपले असर गर्ने चौध वटा घातक रोगहरु राखेका छन् ।मुख्य क्यान्सर, स्ट्रोक हृदयघात, उच्च रक्तचाप, अन्तिम अवस्थाको कलेजो र फोक्सो सम्बन्धि रोग, मृगौला फेल हुने, कोमा, एनेमिया, बोनम्यारोट्रान्सप्लाण्ट,वेनिङ्ग टयुमर समावेश गरिएको छ ।

प्रकाशित: ३ फाल्गुन २०७४ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App