प्रेम दिवसमा आफ्नो फोक्सोलाई माया गर्न आग्रह

बुधबार, ०२ फागुन २०७४, १८ : ५८ नागरिक

काठमाडौँ – वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको साताव्यापी अभियान  ‘मास्कमाण्डु हैन हामीलाई काठमाडौँ चाहिन्छ’ भन्दै  बुधवार समापन गरिएको छ । 

प्रणय दिवसका अवसरमा ‘म मेरो फोक्सोलाई माया गर्छु’ भन्ने मुख्य नारा रहेको कार्यक्रममा हजार जनाभन्दा बढी युवा, विद्यार्थी, सर्वसाधारणको सहभागिता रहेको थियो। 

मास्कमाण्डु एक र दुई पश्चात वायुको गुणस्तरमा सुधारका लागि केही नीतिगत व्यवस्था भएता पनि वायु प्रदूषण र यसको असर झन् विकराल बन्दै गएकाले सर्वसाधारणमा सचेतनाका लागि मास्कमाण्डु तेस्रो अभियानको आयोजना गरिएको स्वच्छ ऊर्जा नेपालका कार्यक्रम प्रबन्धक राजन थापाले बताए । 

कार्यक्रममा माक्सबिना काठमाडौँमा बाँच्न गाह्रो भयो भन्दै रत्नपार्कको बीच सडकमा सहभागीहरु लम्पसार परेका थिए भने कार्यक्रमकै एक सहभागीलाई प्रधानमन्त्रीको रुप मानेर माक्सले बनाएको माला लगाइएको थियो । 

मास्कमाण्डु ३ अभियानमार्फत शहरको वायुको गुणस्तर सुधार गर्न र प्रत्येक व्यक्तिले आफ्नो स्वच्छ हावाको अधिकार सुनिश्चित गर्न अा–अाफ्नो स्तरबाट जिम्मेवारी लिन र दृढ भएर लाग्न अनुरोध गरिएको छ । 

अभियानअन्तर्गत उपत्यकाका चावहिल, कोटेश्वर, सातदोबाटो, कलंकी, माइतीघरलगायत विभिन्न चोकहरुमा स्वच्छ हावाको लागि श्रृंखलावद्ध सांकेतिक प्रदर्शन भएका थिए । (रासस)








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad