coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

५० किलो चरेस जलाईयो

रोल्पा- गत माघ १४ गते प्रहरीले रोल्पा माडि गाउँपालिकाको घर्तीगाउँमा  पक्राउ गरेको ५० किलो चरेस जलाएको छ। नगरपालिका, जिल्ला प्रशासन, अदालतका प्रतिनिधिको रोहबरमा जिल्ला प्रहरी कार्यालयको हाता भित्र उक्त चरेस जलाईएको हो।

गोप्य सूचनाका आधारमा ५ न. प्रदेश क्षेत्रिय प्रहरी ब्युरो र जिल्ला प्रहरी कार्यालय रोल्पाको संयुक्त टोलीले माघ १४ गते बिहान ३ बजेतिर ५० किलो चरेस सहित दुईजनालाई पक्राउ गरेको हो । थवाङ गाउँपालिका ३ मिरुल लाटावाङका २२ बर्षिय प्रश्न बुढामगर र सोहिठाउँका २२ बर्षिय सेरबहादुर बुढामगरलाई पक्राउ परेका थिए। लागुऔषधको मुहान नै सफा गर्ने अभियानको सुरुवात अन्र्तगत प्रहरीले आफ्नो गतिबिधि बढाईरहेको जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०७४ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App