coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश ५ को सभामुखमा घर्ती निर्विरोध

तस्बिर : रेखा भुषाल/नागरिक

बुटवल – प्रदेश नं ५ को सभामुखमा रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित सदस्य पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्। प्रदेश नं ५ को बुधबार बसेको बैठकले घर्तीलाई प्रदेशसभा सभामुखमा निर्विरोध निर्वाचित गरेको हो। 

सभामुख पदका लागि मंगलबार भएको उम्मेदवारी दर्तामा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन भएको सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घोषणा गरेका थिए।

बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक दधिराम न्यौपानेले पेश गरेको प्रस्तावमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेपछि सभामुख बलदेव शर्मा पोखरेलले निर्वाचित भएको घोषणा गरेका थिए। 

सभामुख चयन भएपछि घर्तीले नयाँ जिम्मेवारी पूरा गर्न सबै पार्टी र सांसदसँग सहकार्य गरेर अघि बढ्ने बताए। 

बैठकले उपसभामुखको निर्वाचन फागुन ६ लाई तोकेको छ। 

प्रकाशित: २ फाल्गुन २०७४ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App