८ वैशाख २०८१ शनिबार
समाज

चट्याङबाट घाइते सैनिकलाई काठमाडौं लगियो

बैतडी – चट्याङ लागेर गम्भीर घाइते भएका पाँच सैनिकलाई हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं लगिएको छ।

मंगलबार साँझ ७ः५० बजे दशरथचन्द नगरपालिका–२ कठपतेमा चट्याङमा परी शत्रुमर्दन गुल्मका २२ सैनिक घाइते भएका थिए। जंगल तालिमको लागि क्याम्पमा बसेका सैनिक घाइते भएका हुन्। 

चट्याङ लागेर गम्भीर घाइते भएका सैनिकको अधिकांश शरीर जलेको छ। जिल्ला अस्पताल बैतडीमा उपचार हुननसक्दा उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको गुल्मपति, सेनानी सुदिप बाँनियाले बताए।

उनका अनुसार गम्भीर घाइते अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। समान्य घाइते भएका १७ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। 

प्रकाशित: २ फाल्गुन २०७४ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App