१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिदा भए डोलेश्वरबाट साधुसन्त

भक्तपुर- भक्तपुरस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई बुधबार बिदाई गरिएको छ। शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो।

डोलेश्वर दर्शन गर्न आएका झण्डै पाँच सय साधुसन्तहरुमध्ये बुधबार तीन सय  साधुसन्तहरु बिदाई कार्यक्रममा सहभागी भएको जनाइएको छ । बाँकी साधुसन्त बिदाई कार्यक्रममा सहभागी नभइकन फर्केको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतले बताए।

डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको समितिका सचिव तथा प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले बताए । ‘क’ वर्गका साधुसन्तलाई नगद १ हजार १ सय, ‘ख’ वर्गलाई नगद ७ सय रुपैयाँ र ‘ग’ वर्गलाई नगद ५ सय ५ रुपैयाँ तथा प्रत्येकलाई एक थान कम्बल, १ थान धोती प्रदान गरिएको उनले बताए।

डोलेश्वरमा विगत केही वर्षदेखि साधुसन्तहरुको आगमन हुने गरेको हो। डोलेश्वरमा शिवरात्री पर्वका लागि गत एक हप्ता अघिदेखि साधुसन्तहरु आएका थिए।

प्रकाशित: २ फाल्गुन २०७४ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App