coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कारको ठक्करबाट वृद्धको मृत्यु

पथरी – पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट सो नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार पश्चिमतिर जाँदै गरेको बा १८ च २२४० नंको कारले साइकलयात्री सुब्बालाई साँझ ६ः०० बजे सुन्दरहरैचा–७ विश्वकर्मा मन्दिर नजिकै ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएका सुब्बाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राति ८ः०० बजे मृत्यु भएको हो। ठक्कर दिने कारसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: २ फाल्गुन २०७४ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App