सन्दर्भ : प्रणय दिवस

कतै नलेखिने एउटा प्रेमकथा

बुधबार, ०२ फागुन २०७४, ०९ : २८ शोभा ज्ञवाली  | @GyawaliShova

सबैकी प्यारी थिई ऊ । सुन्दर अनुहार, नीला आँखा, लामो कपाल, सबैसबै हिसाबले ऊ सुन्दरी थिई । त्यसैले पनि ऊ सबैको आँखाकी नानी थिई । उसको व्यवहार पनि सुन्दरताझैँ नबिझाउने किसिमको थियो । असल व्यवहार र सुन्दर मुहारका कारण पनि सबैको लाडप्यारले ऊ पुल्पुलिएकी थिई । उसको परिवार सम्पन्न थियो । त्यसैले उसले त्यो बेलाको सबैभन्दा महँगो स्कुलमा पढी । त्यो बेला छोरीमान्छेलाई विदेशमा पढाउने निकै कम हुन्थे तर उसलाई विदेशमा नै पढाइयो । हुर्कंदै गर्दा ऊ यति राम्री देखिन थाली कि हामी पनि ईष्र्याले ऊजत्तिकै राम्री हुन पाए कति जाती हुन्थ्यो भनेर कल्पना गथ्र्यौं।

एक दिन मैले अचानक सुनेँ, सुजाता (नाम परिवर्तन) ले त फलानोसँग बिहे गर्ने भइछ !  म छक्क परेँ । बिहे गर्ने उसको उमेर भइसकेको थिएन । झन् उसले जुन केटा रोजेकी थिई, सुजाताका लागि पटक्कै सुहाउँदिलो थिएन । सायद त्यसैले उसको छनोटमाथि साथीसंगीले कुरा काटे, उसका अभिभावक रिसाए र पूरै खान्दान सुजाताको विरोधमा लाग्यो । उसको परिवार उसले रोजेको भन्दा राम्रो खान्दान, प्रतिभासम्पन्न केटाहरू एक से एक ल्याउन सक्थ्यो । त्यसो त केही राम्रो परिवारबाट बिहेको प्रस्ताव नआएको पनि होइन । त्यसैले ‘त्यो’ केटा त्याग्न दबाब पनि परिवारले दियो तर सुजाताले बिल्कुलै मानिन।

जतिसुकै सुख र आनन्द भए पनि एउटा रुमानी उमेरमा विपरीत लिङ्गीप्रति आकर्षित हुनु स्वाभाविक थियो। सुजाता टोलकै एक जना किशोरसँग आकर्षित भई । टोलमा हुने चाडपर्व, जात्रा र अन्य अवसरमा हुने छोटो भेटघाटमै उसले आफ्नो सपनाको राजकुमारलाई मन दिई । किशोर अवस्थामा हुने प्रेमको प्रवलता, त्यसबेलाको आदर्श र देखिने सपनाले वास्तविक जीवनको कठोरतालाई सोचेकै हुँदैन । त्यसैले पनि प्रेम अन्धो हुन्छ भनिएको हुँदो हो । त्यही अन्धो प्रेममा सुजाता बगेकी थिई । हुन त सुजाताका लागि सबैभन्दा महŒवपूर्ण कुरा त उसको सपनाको राजकुमार थियो । ऊसितै ज्यूँने–मर्ने निश्चित गरिसकेकी थिई।

त्यसैले पनि छोरीको जिद्दीका अघिल्तिर आमाबाबुको केही लागेन । उनीहरूले आफ्नो कर्तव्य भनेर बेग्लै जात, धर्म र व्यवहार मात्र होइन, आर्थिक अवस्था पनि त्यति राम्रो नभएको केटोलाई ‘ज्वाइँ’ माने । बिहे धुमधामका साथ सम्पन्न भयो । एक से एक दाइजो सुजाताका आयो।

बिहेको केही समयपछि नै सुजाताको सपनाको राजकुमारको बानी–व्यवहार बद्लिन थाल्यो । सम्पत्तिवालाले कम सम्पत्ति दिएको भन्दै माइतीमाथि विभिन्न दबाब र माग बढ्दै जान थाल्यो । सुजाता पनि माइतीबाट सहयोग होस् भन्ने चाहन्थी किनभने कमजोर आर्थिक अवस्थाको जीवनसाथीलाई अभिभावकले सहयोग गर्नुपर्छ भन्ने मान्यता थियो । यो भ्रम पनि सुजाताको चाँडै नै टुट्यो किनभने उसका दुलाहाले त दाइजो, गरगहना विलासितामा खर्च गर्न थाल्यो । रक्सी खाने, केटी घुमाउने, बाहिरै रात बिनाउने, घर नआउने मात्र होइन, यस्तो नगर भनी सम्झाउँदा उल्टै पिट्ने गरेको हल्ला सुनिन थालियो । सुजाता जति रुन्थी, केटालाई उति आनन्द आउँथ्यो।

स्वर्गजस्तो सुखसयलमा हुर्किएकी थिई सुजाता । माइतमा छँदा कुनै पनि काम गर्नु पर्दैनथ्यो । ६÷७ जना कामदारहरू उसैको सुविधाका लागि काम गर्थे । यहाँ घरमा उसका लागि कुनै कामदार थिएनन् । घरको सबै काम एक्ली बुहारीले भ्याउनु पथ्र्यो । पाहुनाको सत्कार, बिरामी सासु–ससुराको हेरविचार सबैसबै उसको भागमा थियो । रत्तिभर खुसी नहुने सासु–ससुराले हुँदोनहुँदो कुरा लगाउने, हरेक काममा खोट लगाउने र त्यसैका आधारमा दुलाहाले सुजातालाई पिट्ने गर्थे । घर, छिमेक, साथीभाइ कसैलाई पनि सुजाताले केही सुनाउँदिन थिई । उसको मुखबाट कहिल्यै कसैका बारेमा गुनासो सुनिएन । कहिले मुखमा नीलो डाम हुन्थ्यो र कसैले सोधे, लडेर डामियो होला भन्थी । अरुले सुजाताको दुःख कल्पना गरेर यस्तो भयो होला भन्ने सोच्नुपथ्र्यो।

धेरै वर्षपछि मैले उसलाई वीरगञ्जमा भेटेँ । सुन्दर अनुहार, लामो कपाल, नीला गहिरा उसका आँखा, जे लगाउँदा पनि सुहाउने उसको शरीरको बान्की... अब केही बाँकी थिएनन् । समयको चोटले उसको सबै आकर्षण हरेर लगेको थियो । त्यस्ती सुन्दर केटी अहिले हेर्दा सुख्खा, आकर्षणहीन र तेजरहित अवस्थामा देख्दा मेरो मनले ‘उफ्... के भा’ होला’ भन्यो।

भेटमा मैले उसलाई खाना खाने निम्तो दिएँ । ऊ खुसीसाथ आउने वचन दिई । ऊ गएपछि बाल्यकालमा उसका बारेमा परेको प्रभाव र अहिलेको हालत दुवै तुलना गरेँ । मेरो त मनै दुःखी भयो। 

उसको बिहे हुनु एक हप्ताअघिसम्म नेपालका प्रतिष्ठित घरबाट बुहारी बनाउने भनेर कैयौँ पटक प्रस्ताव आएका थिए । ‘हाम्रो छोरोले सुजातालाई साह्रै मन पराएको छ, उहाँले जे भन्नुहुन्छ हामी त्यो मान्न तयार छौँ,’ उहाँहरूले हाम्रा अभिभावकलाई भनेको मैले सुनेकी थिएँ, ‘लौ न, तपाईंहरुले फकाउने पहल गरिदिनु पर्‍यो !’

सुजाताको यस्तो आकर्षण थियो ! मलाई झल्झली त्यही कुरा याद आइरह्यो । अहिले दीनहीन सुजाता देख्दा मनमा जाग्यो, ‘के सुजाताले चाहेको जीवन यस्तै हो त ? सुजाताको माया, प्रेम, समर्पण, त्याग, तपस्या र दुःखको परिणाम यही हो त ?’ कसैगरी पनि मैले उत्तर पाउन सकिनँ ।

भोलिपल्ट मकहाँ खाना खान सुजाता आइपुगी । उसले थपीथपी आनन्दले खाई । घरि एक थोक भन्थी, घरि अर्को थोक । सुरले बोलेको मैले पाइनँ । यस्तो लाग्थ्यो, सुजाता के बोल्दैछे भन्ने उसैलाई थाहा छैन ।

‘आज धेरै वर्षपछि मैले यसरी अरुले पकाएको मीठो खानेकुरा खान पाएँ,’ सुजाताले खुसीको आँशु छचल्काउँदै भनी, ‘तिमीले कर गरीगरी खुवाएको देख्दा मनै थाम्न सकिनँ ।’

हिजो देखिएकी दीनहीन सुजाता आज हाँस्दै खाना खाइरहेको देख्दा मलाई खुसी लाग्यो । अनि उनलाई सामान्य बनाइसकेपछि मैले सोधेँ, ‘साथी, तपाईंको जीवन कसरी बित्दैछ ? पहिलाकी जस्तो त देख्दिनँ नि ?’

उनले त्यसपछि पीडाको पोका खोली । दुई सन्तानलाई हुर्काउनु, अरुकहाँ जाँदा श्रीमान्लाई चित्त नबुझ्नु, अरुसँग कुरा गरेको नरुचाउनुजस्ता कुराले सुजातालाई बाहिर हिँड्नै मन नपर्ने रहेछ । ‘हामीभन्दा जान्ने भएकी... हामीलाई पाखे ठान्छे...मेरो बदनाम गर्ने, पोथी बासेको मलाई चित्त बुझ्दैन... उफ् यस्तै यस्तै धेरै लाञ्छनाहरु लगाउनु हुन्छ,’ सुजाताले सुनाई, ‘तर म चुप लागेर सुनिरहन्छु, केही बोल्नु भन्दा नबोल्नु नै ठीक हुन्छ । बोलेर कुनै Ãाइदा छैन ।’
बोल्दाबोल्दै बरर्र आँशुका ढिक्का खसे । उसले आँशु रोक्ने प्रयास गर्दै भनी, ‘मैले अहिलेसम्म कसैलाई मेरो जीवनको यो पाटो सुनाएकी थिइनँ । तिमीलाई मात्र सुनाएकी हुँ । मैले जीवनमा प्रेम गर्न मात्र जानेँ र इमान्दारीपूर्वक आफूले जानेको काम गरेँ ।’

‘यति गर्दा पनि तिमीले कुनै जश पाइनौ, उसो भए किन विदेश जाँदिनौ ?’ मैले उसलाई सान्त्वना दिने प्रयास गर्दै भनेँ, ‘कुनै राम्रो तालिम लिए पनि हुन्छ र त्यसपछि विदेश जाऊ । बरु सबै व्यवस्था म मिलाइदिउँला ! तिमी हुन्छ मात्र भन ।’
उसको जवाफ सुनेर म छक्क परेँ । यत्रो पीडामा भए पनि उसको जवाफ थियो, ‘म उसलाई छाडेर जान सक्तिनँ । मैले उसलाई माया गरेँ, उसकै प्रेममा पागल भएँ । मारे पनि, पिटे पनि यो जुनीमा म उसलाई छोड्न सक्तिन । यो जीवन उसैमा समर्पित छ । तिमीले मेरो भावना बुझ्न सक्तिनौ, समर्पण, त्याग, पर्खाइ, दुःख... यी सबैसबै मायाले दिने पीडाका पलहरू हुन् । एक समय देखिएको यो अप्ठेरो कुनै बेला सम्झँदा मीठो लाग्छ ।’

सुजाताको कुरा सुन्दा म छक्क परेँ । अनि म सोच्न बाध्य भएँ, रोमियोे–जुलियट, हीर–राँझा, सलीम–अनारकली, मुना–मदन, साहजहाँ–मुमताजका कथा हामीले सुन्दै आएका हौँ । सुजाता र उसको लोग्नेबीचको यो प्रेम कतै लेखिएला त ?
एक दिन दरबारमार्गमा मैले सुजाता र उसको लोग्नेलाई सँगै हिँडिरहेको देखेँ । उमेर ढल्किसकेको सुजातामा पहिलाको आकर्षणका अझै केही अवशेष बाँकी नै थिए । यो जोडीको एक समयको तनावपूर्ण सम्बन्ध सुध्रिसकेको त मैले सुनेकै थिएँ, प्रेमिल सम्बन्धमा नै परिणत भइसकेको स्पष्टै देखेँ । समयले यो जोडीका अनेक घाउमा मल्हमपट्टि लगाइसकेछ ! अनि सोचेँ, ट्र्याजेडी पो मानिसले लामो समयसम्म सम्झिरहन्छ तर निःशर्त प्रेम, समपर्णको सम्बन्ध र एकले अर्कालाई जितेको धडकन त हामीले स्वाभाविक सम्बन्ध मान्दै बिर्सिहाल्छौँ नि ! मलाई थाहा छ, यस्ता कथा रोचक हुँदैनन् र लेखिदैनन् पनि !








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad