८ वैशाख २०८१ शनिबार
अन्य

सात सालका सम्झना

काठमाडौं- साहित्यकार दयारामभक्त माथेमाको कृति 'अनुभव र अनुभूति' सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबरा र संस्कृतिविद् सत्यमोहन जोशीले संयुक्त रुपमा स्वर्गीय माथेमाको संस्मरणकृति 'अनुभव र अनुभूति' विमोचन गरेका थिए।

'किताबमा २००७ सालमा नेपालमा भएको राजनीतिक क्रान्तिका स–साना घटनाहरुलाई उल्लेख गरिएको छ। पुस्तकमा समावेश सबै पात्रहरुसँग मेरो चिनजान भएकाले पढ्दै जाँदा रमाइलो अनुभव गर्न पाएको थिएँ। पुराना यादहरुलाई एकपटक याद गर्ने अवसर मिलेको थियो,' जबराले भने, 'लेखकसँग समेत निकट रहेर सहकार्य गर्ने अवसर पाएको हुँदा राजनीतिक परिवर्तनका विभिन्न उतावचढावमा म समेटिएको रहेछु।'

लेखक माथेमाले तत्कालीन राजा त्रिभुवनका निजी सचिवका रुपमा काम गरेका थिए। 'अनुभव र अनुभूति' कृतिमा २००७ सालको प्रजातान्त्रिक आन्दोलनबारे उल्लेख गरिएको छ। 'साहित्यकार दयारामभक्त माथेमा राजनीतिक र साहित्यिक व्यक्तित्व भएकाले उनका कृतिहरुमा त्यस्तै खाले सामग्री समेटिएका हुन्छन्,' संस्कृतिविद् सत्यमोहन जोशीले भने।

पाँच दशकभन्दा बढी जनसेनामा सक्रिय लेखकले 'अनुभव र अनुभूति'मा राजनीतिक घटनालाई महŒव दिएका छन्। 'सरदार हरिभक्त माथेमाले नेपालमा माथेमाहरुलाई विस्तार गर्नमा जोड दिएका थिए। सरदारका नाति लेखक दयारामभक्तले दरबार र राजा निकट रहेर नेपालमा भएको राजनीतिक परिवर्तनलाई नियाल्ने अवसर पाएका थिए। उनले राजा त्रिभुवनसँग मिलेर गरेका कामहरु पुस्तकमा समावेश भएका छन्,' शिक्षाविद् केदारभक्त माथेमाले भने।

पुस्तकलाई दया फाउन्डेसनले बजारमा ल्याएको हो। विगत आठ वर्षलदेखि शिक्षा, स्वास्थ्य र नेपाली संस्कृतिको प्रवर्द्धनमा जोड दिइरहेको दया फाउन्डेसनको यो दोस्रो कृति हो।

प्रकाशित: ३२ श्रावण २०७३ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App