४ वैशाख २०८१ मंगलबार
खेल

एपिएफलाई महिला भलिबलको उपाधि

काठमाडौं – चितवनको पटिहानीमा सम्पन्न प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि एपिएफले जितेको छ । फाइनलमा काठमाडौंको शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि चुमेको हो।

पहिलो सेट रोमाञ्चक २९–२७ ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा बनायो । लगातार दुई सेटको जित निकाल्दै उच्च मनोबलका साथ मैदान उत्रिएको एपिएफ, तेस्रो सेटमा २५–२१ ले विजयी बन्दै उपाधि चुम्न सफल भयो । जितसँगै विभागीय टोली एपिएफले दुई लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता न्यु डायमन्डले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो।

यस्तै, मंगलबार नै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल आर्मीलाई २५–१६, २५–१९ र २५–२० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस तेस्रो बन्यो । पुलिसले नगद ५० हजार रुपैयाँ र चौथो नेपाल आर्मीले २५ हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । चौधरी नगद १० हजारबाट पुरस्कृत भइन् । त्यस्तै, न्यु डामयन्डकी प्रतिभा माली बेस्ट स्पाइकर, डाइमन्डकै कृपा अधिकारी बेस्ट सर्भर घोषित भए । पुलिसकी कमला पुन बेस्ट सेटर, एपिएफकी उषा विष्ट बेस्ट ब्लकर, एपिएफकी मनीषा तामाङ बेस्ट डिफेन्डर र आर्मीकी निरुता ठगुन्ना उदीयमान खेलाडी घोषित भए । उत्कृष्ट सबै ५÷५ हजार रुपैयाँबाट पुरस्कृत भए । भरतपुर महानगर वडा नम्बर २२ को आयोजनामा भएको प्रतियोगितामा दुई विदेशी टिमसहित सात टोलीले सहभागिता जनाएका थिए।

प्रकाशित: २ फाल्गुन २०७४ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App