८ वैशाख २०८१ शनिबार
खेल

मायांकाको दोहोरो जित

काठमाडौं – मायांका राणाले नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ मा मंगलबार एकल र युगल दुवैमा विजय हासिल गरेकी छिन्।

एकलतर्फ मायांकाले भारतकी खुसी शर्मालाई ६–३, ६–१ को सोझो सेटमा हराएकी थिइन् । युगलमा मायांकाले बहिनी माहिकासँग मिलेर भारतका श्रीनिधि श्रीधर र राइना जफरको जोडीलाई ६–३, ६–१ को सेटमा हराइन् । जितसंगै मायांका एकलतर्फ अन्तिम १६ तथा युगलमा अन्तिम ८ मा स्थान बनाइन्।

महिला युगलमा नेपालका अभिलाषा विष्ट र इरा रावतको जोडीले पनि विजयी नतिजा निकाल्यो । अभिलाषा र इराको जोडीले जापानकी मिजुमुरा र नेपालीकै प्रकृति श्रेष्ठको जोडीलाई ६–०, ६–२ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो । पुरुष युगलमा नेपालका प्रणव खनाल र कोरियाका जि हो लीको जोडीले अमेरिकाका सान्मे गान्धी र जापानका केइजु मियाकेको जोडीलाई ३–६, ६–२(१०÷१) को सेटमा हराउँदै अन्तिम ८ मा स्थान बनायो।

महिला एकलमा भारतकी रुदया शाहले मलेसियाकी चोङ झि जिङलाई ६–३, ६–२,  जापानकी रिको कामीकुराले भारतकी पन्यातोया मोहपात्रलाई ६–०, ६–० तथा फिलिपिन्सकी मा कामेन्सिटा इसाबेला कार्लोसले भारतकी प्रियांशी शर्मालाई ६–२, ६–३ कोे सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाए।

पुरुष एकलमा भारतका कृषण हुडाले नेपालका निन्वाम राईलाई ६–०, ६–०, कोरियाका जिहो लीले जापानका ताइयो हिरानोलाई ३–६, ६–१, ६–२, ताइपेईका चिया फन साउले भारतका इक्बाल मोहम्मद खानलाई ६–३, ६–३ तथा हङकङका होन छुन लीले भारतका रोहन श्रीवास्तवलाई ६–३, ६–३ को सेटमा हराउँदै अन्तिम १६ मा स्थान पक्का गरे।
 

प्रकाशित: २ फाल्गुन २०७४ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App