८ वैशाख २०८१ शनिबार
खेल

शान्तिनगर र केसिटिसी सेमिफाइनलमा

काठमाडौं – शान्तिनगर र केसिटीसीले मंगलबारका खेलमा जित हासिल गर्दै खुकुरी च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । मूलपानी क्रिकेट मैदानमा जारी प्रतियोगितामा मंगलबार शान्तिनगरले त्रिभुवन आर्मी क्लब तथा केसिटिसीले वाइवाइ जिएचसिएलाई पराजित गर्दै अन्तिम चारको टिकट काटेका थिए।

सुनील धमलाले अर्धशतकीय इनिङ खेलेपछि शान्तिनगर आर्मीमाथि ७ रनको जित हासिल गर्न सफल भयो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको शान्तिनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनायो । शान्तिनगरका लागि सुनील धमलाले ५१ बलमा १ छक्का र ६ चौकाको मद्दतमा ५१ रन जोडे । यस्तै,  अमित श्रेष्ठ २३ रनमा क्याच हुँदा मन्जित श्रेष्ठ १३ रनमा आउट भए । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका अविनाश बोहोराले ४ विकेट लिँदा चन्द्र साउदले १ विकेट हात पारे।

१ सय २९ रनको लक्ष्य लिएर जबाफी ब्याटिङमा उत्रिएको विभागीय टोली त्रिभुवन आर्मीले निर्धारित २० ओभरमा १ सय २१ रन मात्र बनाउन सक्यो । आर्मीका लागि लोकेन्द्र चन्दले सर्वाधिक २० रन जोडे । यस्तै, भूपेन्द्र थापा, इन्द्रकमल मानन्धर र दीपु कर्णले समान १५–१५ रनको योगदान गरे । आर्मीलाई सस्तैमा सीमित गर्ने क्रममा शान्तिनगरका लागि मन्जित श्रेष्ठले ३ विकेट लिएका थिए।

अर्को खेलमा केसिटिसीले जिएचसिएलाई २४ रनको अन्तरमा हरायो । टस जितेर पहिला ब्याटिङ गरेको केसिटिसीले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनायो । खेलमा केसिटिसीका लागि सुधीर चौधरीले सर्वाधिक ६४ रनको इनिङ खेले । चौधरीले २ छक्का र ७ चौका प्रहार गरे । यस्तै, दुर्गेश थापाले ३५ तथा अदिल खानले १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । जिएचसिएका कमलसिंह ऐरी र प्रदीप ऐरीले १–१ विकेट लिए।

१ सय २४ रनको लक्ष्यसाथ उत्रिएको जिएचसिए १८.४ ओभरमा १ सय १० रनमै अलआउट भयो । जिएचसिएका लागि प्रदीप ऐरीले सर्वाधिक २३ रनको योगदान गर्दा कमलसिंह ऐरीले २०, अभिशेक बस्नेतले १७ तथा दिनेश बुढामगरले १२ रन जोडे । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । केसिटिसीका सुमित झाले ३ विकेट लिए।

प्रतियोगितामा बुधबार बालुवाटार क्रिकेट क्लब र मकवानपुर क्रिकेट क्लब तथा रोयल पिसी फाइटर र इन्टर–डिस्ट्रिक स्स्पोर्टस क्लबबीच खेल हुनेछ।

प्रकाशित: २ फाल्गुन २०७४ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App