८ वैशाख २०८१ शनिबार
खेल

ग्यालेक्सी र ज्ञाननिकेतन विजयी

काठमाडौं– ११औं प्रधानसेनापति अन्तरविद्यालय टी–ट्वान्टी क्रिकेटमा ग्यालेक्सी र ज्ञाननिकेतन स्कुलले जित निकालेका छन् । मंगलबार भएको खेलमा ग्यालेक्सीले बेबिलोनलाई ३ विकेटले पराजित गर्दा अर्को खेलमा ज्ञाननिकेतनले विद्यासंस्कारलाई ४० रनले पराजित गरेको हो। 

भक्तपुरस्थित सैनिक आवासीय महाविद्यायलको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेबिलोनले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १० रन जोड्न सफल भयो। खेलमा बेबिलोनका लागि ईशान सोनीले सर्वाधिक ३८ तथा रवि शाहले ८ रन बनाए । बेबिलोनलाई सस्तैमा समेट्ने क्रममा ग्यालेक्सीका युनिस गिरीले ५ विकेट हात पारे। 

१ सय ११ रनको लक्ष्यका साथ जबाफी ब्याटिङमा उत्रिएको ग्यालेक्सीले प्रस्तुत लक्ष्य मात्र १६.१ ओभरमा ७ विकेट गुमाएर भेटायो । ग्यालेक्सीका लागि हृदन श्रेष्ठले सर्वाधिक ३३, वंश गुप्ताले २२ रन जोडे। बलिङतर्फ बेबिलोनका राज खड्काले ३ विकेट हात पारे। 

यस्तै, मंगलबार नै भएको अर्को खेलमा १ सय ४० लक्ष्य पछ्याएको विद्यासंस्कार ९९ रनमा समेटिँदा ज्ञाननिकेतन ४० रनले विजयी भएको हो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ज्ञाननिकेतनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन जोड्न सफल भएको थियो । खेलमा ज्ञाननिकेतनका लागि विकास रावलले नटआउट ६२ रनको इनिङ खेले।

बलिङतर्फ विद्यासंस्कारका अधिक कार्की र सुभव विष्टले समान २÷२ विकेट लिए। पराजित विद्यासंस्कारका लागि सुभव विष्टले ४० तथा वरदान बस्नेतले १६ रन जोडे। विद्यासंस्कारलाई सस्तैमा समेट्ने क्रममा ज्ञाननिकेतनका लागि सुरज रावल र सुनील कुँवरले समान ३÷३ विकेट हात पारे।

प्रकाशित: २ फाल्गुन २०७४ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App