८ वैशाख २०८१ शनिबार
राजनीति

नारायणगढ–मुग्लिन सडक निर्माण चाँडै सक्नोस्ः मुख्यमन्त्री

मकवानपुर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय राजधानी काठमाडौं जोड्ने नारायणगढ–मुग्लीन सडकखण्डको निरीक्षण गरेका छन् । लामो समयदेखि भइरहेको सडक बिस्तारको काम  अझै सकिएको छैन । सडक निरीक्षणपछि उनले छिटो काम सक्न  सडक आयोजनाका प्रमुख तथा प्राविधिकलाई निर्देशन दिएका हुन् ।

दिनहुँ हजाराै नागरिकले यात्रा र सामान ढुवानी गर्ने सडकको काम छिटो सक्न निर्देशन दिँदै उनले जनताका समस्या बुझेर काम गर्न आयोजनाका निमित्त प्रमुख गोविन्द खनाललाई निर्देशन दिए । २ वर्षको सडक अवधि तोकेर काम सुरु गरे पनि बैशाखमा नै सक्नुपर्ने काम नसकेकोमा मुख्यमन्त्री पौडेलले असन्तुष्टी पोखेका थिए । आयोजनाको काम ७५ प्रतिशत मात्र सकिएको जानकारी पाएपछि उनले बाँकी काम चाडैं सक्न र सहयोगका लागि आपूm  तयार रहेको बताएका थिए ।

यात्रुले सधैं ट्राफिक जाम बहार्नुपर्ने अवस्थामा रहेको यस सडकखण्डमा दिउँसो काम बन्द गर्नुपर्ने बाध्यतालगायत समस्या रहेको आयोजनाले जानकारी दिएको थियो । त्यसअघि मुख्यमन्त्री पौडेलले दासढुंगामा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रकाशित: २ फाल्गुन २०७४ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App