coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

४ सय किलो गाँजासहित एक पक्राउ

मकवानपुर – मकवानपुर प्रहरीले अबैध लागूऔषध ४ सय किलो गाँजासहित राक्सिराङ गाउँपालिका–८ ठूलो टोड्केका मानबहादुर मोक्तानलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरीले मोक्तानको घर खानतलासी गर्दा गाँजा फेला परेपछि उनलाई पक्राऊ गरि हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वमा जिल्ला प्रहरीका ८ र ईलाका प्रहरी कार्यालय मनहरीका ७ गरी १५ जनाको प्रहरी टोलीले गाँजा र मोक्तानलाई जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । 

उनलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा चलाउन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दिलिपराज झाले जानकारी दिए। सडक कम निर्माण भएको र विकट रहेको मकवानपुरको उत्तर–पश्चिम क्षेत्रमा गाँजा खेती गर्ने गरिएको छ। 

चेतनाको कमी, अन्न र तरकारी बालीबाट भन्दा चाँडै धेरै कमाउने लोभमा स्थानीयबासीले गाँजा खेती गर्ने गरेको बताईन्छ। यहाँ उत्पादीत गाँजा प्रहरीलाई छक्याउँदै चोरीको बाटो हुँदै भारत र देशका अन्य क्षेत्रमा पु¥याईने गरेको पाईन्छ। 

प्रकाशित: १ फाल्गुन २०७४ १५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App