बाघले ६ वर्षीय बालक खायो

मङ्गलबार, ०१ फागुन २०७४, १२ : ३२ नागरिक

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु पानी ट्यांकीमा बाघको आक्रमणबाट १ बालकको मृत्यु भएको छ।

सोमबार साँझ पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका ६ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रहरीले जनाएको छ।

पसल गएका बालक एकाएक बेपत्ता भएपछि खोजी गर्दा स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालकको शव फेला पारेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए।

बाघले बालकलाई आक्रमण गरी बेपत्ता पारेको आशंका गरी खोज्दा बाघले जंगलमा बालक खाएको अवस्थामा फेला परेको र मानिसको भीड देखेपछि बाघ भागेको हुन सक्ने प्रहरीको भनाइ छ । शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको छ । बाघले बालक खाएको घटनापछि साँझ बिहान हिँड्न स्थानीयवासी भयभीत भएका छन्।   (रासस)








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad