८ वैशाख २०८१ शनिबार
अर्थ

४९ उद्यमीलाई अनुदान

इलाम -  घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब रु २५ लाख बराबरको अनुदान सहयोग गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्ष २०७४- ७५ मा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट जिल्लाका ४९ जना उद्यमीलाई सामग्री खरिदका लागि रु २४ लाख ८७ हजार ७५० अनुदान सहयोग गरेको हो ।

उद्यमीले २० प्रतिशत आफ्नो लगानी गरी उद्योगका लागि उक्त बजेटबाट आवश्यक पर्ने मेशिन औजार खरिद गर्नुपर्ने प्रावधान राखिएको कार्यालयका उद्योग प्रशासन प्रमुख खड्ग बस्नेतले बताए ।जिल्लाका ग्रामीण भेगमा उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने लघु, घरेलु र साना उद्योगलाई प्रोत्साहनस्वरूप घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गरेको जनाएको छ ।

यस्तै, घरेलु तथा साना उद्योग विकास समितिले अदुवा प्रशोधन, दुग्ध परिकार, बेकरी, कृषि फर्म, चिया उद्योग र ढाका उद्योगलाई आवश्यक पर्ने मेशिन औजार ८० प्रतिशत अनुदानमा समेत वितरण गरेको छ। रासस
 

प्रकाशित: १ फाल्गुन २०७४ ०६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App